Headline

रिजवान र असरफले जोगाए पाकिस्तानको नाक

Published

on

न्युजिल्याण्डबिरुद्धको दोश्रो टेस्टको पहिलो इनिङ्गसमा पाकिस्तानलाई फहिम असरफ र कप्तान मोहम्मदा रिजवानले लज्जास्पद प्रदर्शन गर्नबाट जोगाएका छन् ।

घरेलु टोलीले पहिलो इनिङ्गसमा ४ सय ३१ रन बनाएपछि आइतबार दोश्रो दिनको समाप्तिमा एक विकेटको क्षतिमा ३० रनबाट सोमबार खेल्न शुरु गर्दा पाकिस्तान सस्तैमा समेटिने देखिएको थियो । ८० रनमै ६ विकेट गुमाएपछि पाकिस्तानको इनिङ्गस धर्मरायो । तर रिज्वान र असरफले सातौं विकेटको लागि शतकीय साझेदारी गर्दै पाकिस्तानको नाक जोगाए ।

बर्षाले प्रभावित तेश्रो दिनको खेल समाप्त हुदा पाकिस्तान २ सय ३९ रनमा अल आउट हुन पुग्यो भने फलो अन बचाएको थियो । रिज्वान र असरफले १ सय ७ रनको साझेदारी गरे ।

असरफले ९१ रन बनाए भने रिज्वानले ७३ । असरफले ९ चौका र एक छक्का प्रहार गरेका थिए । रिज्वानले ८ चौका हिर्काए । न्युजिल्याण्डका लागि कायल जेमिसनले तीन विकेट लिए भने निल वाग्नर, टिम साउदी र ट्रेन्ट बाउल्टले पनि २–२ विकेट हात पारेका थिए ।

पहिलो इनिङ्गसमा १ सय ९२ रनको अग्रता बनाएको न्युजिल्याण्ड मङ्गलवार चौथो दिन ठूलो स्कोर बनाउदै पाकिस्तानलाई दवाबमा राख्न प्रयासरत हुनेछ ।

Click to comment

Trending