Headline

दोश्रो टेस्टमा भारत विरुद्ध अष्ट्रेलिया दवाबमा 

Published

on

घरेलु टोली अष्ट्रेलिया भारत विरुद्धको दोश्रो टेस्टमा दवाबमा परेको छ । पहिलो पारीमा भारत भन्दा १३१ रनले पछि परेको अष्ट्रेलियाले तेश्रो दिनको खेलको समाप्तिमा दुई रनको मात्र अग्रता लिन सफल भएको छ भने उसको हातमा चार विकेट मात्र बाँकी रहेको छ ।

अष्ट्रेलियाले आफ्नो दोश्रो पारीमा ६६ ओभर खेल्दै छ विकेटको नोक्सानीमा १३३ रन मात्र बनाउन सकेको हो ।

अष्ट्रेलियाको लागि दोश्रो पारीमा ओपनर म्याथ्यु वेडले सर्वाधिक ४० रन बनाए भने मार्नस लाबुशनले २८ रन जोडे । दिनको खेलको समाप्तिमा क्यामरुन ग्रिन १७ तथा प्याट कमिन्स १५ रनमा अविजित छन् । त्यस बाहेक जो बर्न्स चार, स्टिभ स्मिथ आठ, ट्राभिस हेड १७ तथा कप्तान टिम पेन एक रनमा पेभेलियन फर्किए ।

दोश्रो पारीमा अष्ट्रेलियालाई सुरवात देखि नै दवाबमा राख्न सफल भारतको लागि रविन्द्र जडेजाले सर्वाधिक दुई तथा जस्प्रित बुम्रा, उमेश यादव, मोहम्मद सिराज र रविचन्द्रन अश्विनले समान १-१ विकेट हात परे ।

तेश्रो दिनको खेल पाँच विकेटको नोक्सानीमा २७७ रनको अवस्थाबाट सुरु गरेको भारतले  बनाएको छ भने अष्ट्रेलिया भन्दा ८२ रनले ४९ रन जोड्दा आफ्ना सबै विकेट गुमाउन पुग्यो । भारतले पहिलो पारीमा ११५ दशमलब एक ओभर खेल्दै ३२६ रन बनायो ।

दोश्रो दिनको खेलको समाप्तिमा १०४ रन अविजित रहेका रहाने २२३ बल खेल्दै ११२ रन बनाएर रन आउट हुन पुगे । १७३ रनमा पाँच विकेट गुमाएको भारतको पारी सम्ह्लाने क्रममा रहानेले छैठौं विकेटका लागि १५९ बलमा ५७ रन बनाएका रविन्द्र जडेजासँग १२१ अविजित १०४ रन जोड्न सफल भए ।

भारतका अन्य ब्याट्सम्यानहरुमा यस टेस्टबाट डेब्यु गरेका शुबमन गिल ४५, चेतेश्वर पुजारा १७, हनुमान विहारी २१ तथा विकेट किपर ब्याट्सम्यान रिशब पन्त २९ रन बनाएरा आउट भए भने हिजो नै पहिलो पारी सुरु गरेको भारतका ओपनर मायंक अगरवाल रनको खाता न खोली आउट भएका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र न्याथन लायनले समान ३-३ विकेट लिए भने कमिन्सले पनि दुई विकेट हात पारे।

यस अघि जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले मात्र ७२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९५ रन बनाउन सक्यो ।

अष्ट्रेलियाको तर्फबाट मार्नस लाबुसनले सर्वाधिक ४८ रन बनाए भने ट्राभिस हेड र म्याथ्यु वेडले पनि क्रमश ३८ तथा ३० रनको योगदान दिए । त्यस्तै १० औं नम्बरमा ब्याटिङ गर्न आएका न्याथन लायनले पनि २० रनको पारी खेल्न भ्याए । खराब सुरुवात गरेको अष्ट्रेलियाका ओपनर जो बर्न्स शुन्य रनमा आउट भए भने स्टिभ स्मिथले पनि रनको खाता खोल्न भ्याएनन् ।

अष्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने रविचन्द्रन अश्विनले पनि तीन विकेट हात पारे । त्यस्तै आजको खेलमा टेस्टमा डेब्यु गरेका मोहम्मद सिराजले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending