Headline

कर्णालीको लगातार तेश्रो लज्जास्पद हार, प्रदेश २ को सान्त्वना जित 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लगातार तेश्रो खेलमा कर्णालीले १४३ रनको लज्जास्पद हार व्यहोरेको छ भने प्रदेश २ ले सान्त्वना जित दर्ता गर्न सफल भएको । यस अघिका आफ्नो दुई खेलमा कर्णाली एपीएफसँग २०४ रन तथा लुम्बिनी प्रदेशसँग नौं विकेटले पराजित भएको थियो भने प्रदेश २ लुम्बिनीसँग नौं विकेट र एपीएफसँग आठ विकेटले पराजित भएको थियो ।

समुह ए मा रहेका दुबै प्रदेश २ र कर्णाली प्रतियोगिताबाट बाहिरी सकेका छन् भने यसै समुहबाट एपीएफ र लुम्बिनी प्रदेशले एक खेल अगावै सेमीफाइनलमा प्रवेस गरिसकेका छन् ।

प्रदेश २ ले दिएको १६६ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको कर्णालीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २२ रन मात्र जोड्न सक्यो ।

कर्णालीको तर्फबाट त्रिसना बिश्वकर्माले सर्वाधिक सात रन जोडिन् भने आयुषा टन्डन चार पाँच छ रनमा अविजित रहंदा उसका छजना खेलाडीले रनको खाता सम्म पनि खोल्न सकेनन् ।

कर्णालीलाई सस्तैमा रोक्ने क्रममा प्रदेश २ कि सरस्वती कुमारी र कबिता गौतमले समान ३-३ विकेट हात पारे । समान ४-४ ओभर बलिङ गरेका सरस्वती र कबिताले समान २-२ मेडन ओभर राख्दै क्रमश तीन र पाँच रन खर्चिए । त्यस्तै आरती चौधरीले एक विकेट मात्र हात पार्न सफल रहे पनि चार ओभरमा तीन मेडन ओभर राख्दै एक रन मात्र खर्चिन् ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १६५ रनको विशाल योगफल खडा गर्यो ।

प्रदेश २ को तर्फबाट ओपनिङमा ब्याटिङमा आएकी अनुराधा चौधरीले सर्वाधिक ६९ रनको पारी खेलिन् । अविजित रहकी उनले ६० बलमा छ चौका प्रहार गरिन् । उनले पहिलो विकेटका लागि २४ बलमा २३ रन बनाएकी सोभा आलेसँग ६६ रन तथा तेश्रो विकेटका लागि बिमला मगरसँग ७४ रनको साझेदारी गरिन् ।

कर्णालीकी निशा पराजुलीले चार ओभरमा १६ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारिन् भने महँगो साबित भएकी सुजता बोगटीले चार ओभरमा नै ५० रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराउन सफल रहिन् ।

Click to comment

Trending