Headline

प्रिमियर लिग:चेल्सी र एस्टन भिल्ला भिड्दै, सिटी एवर्टन विरुद्ध खेल्दै

Published

on

प्रिमियर लिग अन्तर्गत सोमबार तीन खेल हुँदै छन् । एक खेल खेलेको २४ घण्टा पनि नबित्दै आज हुने पहिलो खेलमा क्रिस्टल प्यालेसले लेस्टर सिटीको सामना गर्दै छ । आफ्नो पछिल्लो खेलमा एस्टन भिल्लासँग ३-० ले पराजित भएको क्रिस्टल प्यालेसले तेस्रो स्थानको लेस्टर सिटीको सामन गर्न लागेको हो ।

लेस्टरले भने अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई २-२ को बराबरीमा रोक्न सफल भएको थियो । लेस्टरका लागि यो खेल निकै महत्वपूर्ण छ । यो खेल जितेको खण्डमा लेस्टर दोस्रो स्थानमा उक्लिने छ भने पहिलो स्थानको लिभरपुलसँग पनि अंक छोट्टाउने छ ।

यो खेल नेपाली समय अनुसार ८:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने चेल्सीले एस्टन भिल्लासँग खेल्दै छ । पछिल्लो चार खेलहरुमा तीनमा पराजित रहेको चेल्सी शनिबार मात्रै भएको खेलमा १५ औँ स्थानको आर्सनलसँग ३-१ ले पराजित भएको थियो । एस्टन भिल्ला भने आफ्नो पछिल्लो पाँच खेलहरुमा चारमा जित निकाल्दा एकमा मात्रै पराजित भएको छ । आठ खेलमा कुनै गोल नखाएको भिल्लाको डेफेन्स निकै तारिफ योग्य छ ।

चेल्सीका लागि यो खेलमा हाकिम जियाच देखिने वा नदेखिने बारे क्लबले खुलाएको छैन । लिड्स विरुद्धको खेलमा ह्यामस्ट्रिङ्गको चोट लागे पछि जियाचले तीन खेल गुमाइसकेका छन् । यस्तै चेल्सीका लागि घाइते रहेका बेन चिलवेल र रिएस जेम्स फर्किसकेका छन् ।

यो खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ ।

मध्यरातको खेलमा भने दोस्रो स्थानमा रहेको एवर्टनले छैँठौ स्थानको म्यानचेस्टर सिटीसँग खेल्दै छ । यो खेल जितेको खण्डमा एवर्टन पहिलो स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने छ । यस्तै यो खेल सिटीले जित्ने हो भने दोस्रो स्थानमा उक्लिने छ ।

यो खेलमा सिटीका लागि लामो समय चोटका कारण थालिएका सर्जियो अग्वेरोले खेल्न सक्ने छन् । एवर्टनका लागि पनि यो खेलमा स्टार खेलाडी हमेज रोड्रिगेजले स्थान बनाउने आशा गरिएको छ ।

खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

 

Click to comment

Trending