Headline

रोनाल्डोले जिते ‘प्लेयर अफ दि सेन्चुरी’

Published

on

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ग्लोव सकर अवार्ड अन्तरगतको प्लेयर अफ दि सेन्चुरी अवार्ड जितेका छन् । सयुक्त अरब इर्मिरेट्सको दुवइमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको थियो ।

रोनाल्डोले अर्जेन्टिनी लियोनेल मेस्सी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । रोनाल्डोले ३८ प्रतिशत मतका साथ यो अवार्ड जितेका थिए । यस्तै मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गर्दै क्रमश: दोस्रो,तेस्रो र चौँथो भएका थिए ।

दुवइ खेलकुद संघले आयोजना गरेको यो अवार्ड सन २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो । रोनाल्डोले २००१ देखी २०२० सम्मको अवधिमा इंग्ल्याण्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न लिग खेल्दै धेरै उपाधिहरु जितेका कारण उनले यो अवार्ड पाएका हुन् ।

रोनाल्डाले पोर्चुगलबाट सन् २०१६ मा युरोकप, २०१८ मा युइएफए नेसन्स लिग जितेका थिए भने उनी ५ पटकको बालोन डि’ओर विजेता समेत हुन् । यस्तै रोनाल्डोले इंग्ल्याण्डमा म्यानचेस्टर युनाइटेड, स्पेनमा रियल म्याड्रिड र इटालीमा युभेन्टसबाट सबैमा लिग उपाधि जितेका छन् ।

यस्तै ‘क्लब अफ दि इयर’ ४४ % मतका साथ एकै सिजन चार उपाधि जितेको बायर्न म्युनिखले हात पार्दा वर्ष ‘कोच अफ दी इयर’ हांशी फ्लिक, ‘प्लेयर अफ दि  इयर’ रोबर्ट लेवान्डस्कीले जितेका छन् ।

अन्य विधाहरुमा ‘क्लब अफ दि सेन्चुरी’ को अवार्ड रियल म्याड्रिडले जितेको छ । ‘कोच अफ दि सेन्चुरी’ पेप गोर्डियोलाले जित्दा ‘एजेन्ट अफ दि इयर’को उपाधि जाओ फिलेक्स,रोनाल्डो र हमेज रोड्रिगेजका एजेन्ट योर्ज मेन्डेजले जितेका छन् ।

Click to comment

Trending