Headline

बिक्रम र बिमलको शल्यक्रिया कतारमा

Published

on

नेपाली राष्ट्रिय टोलीका घाइते डिफेन्सिभ मिड्फिल्डर बिक्रम लामा र विङ्गर बिमल घर्ती मगरको शल्यक्रिया अखिल नेपाल फुटबल संघ(एन्फा) ले कतारमा गर्ने भएको छ । बिमल र बिक्रमको शल्यक्रिया कतारको दोहा स्थित अस्पेटार अस्पातलमा हुने छ । अस्पेटार चोट लागेका खेलाडीहरुका लागि शल्यक्रिया र रिह्याबलिटेसनको लागि विश्वभर प्रख्यात रहेको छ ।

बिक्रम लामाको नोभेम्बर १३ मा ढाका स्थित बङ्गबन्धु रङ्गशालामा बङ्गलादेश विरुद्ध भएको मैत्रीपूर्णको फिलो खेलमा पहिले नै घुँडामा लागेको चोट बल्झिएको थियो ।

बिमलको भने गत साता मात्रै प्रशिक्षणका क्रममा घुँडामा चोट लागेको थियो । बिमलको उफ्रिएर ल्याण्डिङ गर्ने क्रममा घुँडामा गम्भिर चोट देखिन पुगेको थियो । रिपोर्टमा तीन गम्भीर चोट देखा परेको विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल) पनि थोरै बल्झिएको देखिएको छ । उनको ल्याटरल मेनिस्कसमा पनि केहि चोट रहेको देखिएको थियो ।

शल्यक्रिया पछि बिमललाई मैदान फर्किन लगभग एक वर्ष लाग्ने छ भने बिक्रमको हकमा उनी थोरै समय मैदान बहिर रहेसँगै फुटबलमा फर्किन सक्ने छन् ।

पहिलेका वर्षहरुमा खेलाडीको उपचारमा लापरबाही गरेको आरोप खेप्दै आएको एन्फाको यो निकै स्वागत योग्य कदम हो ।

Click to comment

Trending