Headline

बराबरीमा रोकिए लिभरपुल र टोटनह्याम

Published

on

शिर्ष स्थानमा रहेको लिभरपुलले वेष्ट ब्रोमसँग र टोटनह्याम हट्स्परले वुल्भ्ससँग १-१ को बराबरी गरेसँगै अंक गुमाउन पुगेका छन् ।

एन्फिल्डमा भएको खेलमा लिभरपुललाई अंक बाड्न वाध्य बनाउने क्रममा वेष्ट ब्रोमका लागि ८२ औँ मिनेटमा सेमी अजायीले गोल गरेका थिए । लिभरपुलका लागि भने खेलको १२ औँ मिनेटमा साडियो मानेले पहिलो गोल गरेका थिए । मानेले जोएल म्याटिपले दिएको पासलाई चेस्टिङ गर्दै गोल गरेका थिए ।

खेल भरी वेष्ट ब्रोमलाई दवाबमा राख्दै राम्रो मौकाहरु बनाए पनि लिभरपुलले दोस्रो गोल भने थप्न सकेको थिएन । जोएल म्याटिप दोस्रो हाफमा घाइते हुन पुगे पछि लिभरपुललाई पहिलो झट्का लागेको थियो । लिभरपुललाई दोस्रो झट्का भने ८२ औँ मिनेटमा म्याथुइस पेरेइराको क्रसमा सेमी अजायीले गोल गरे पछि लागेको थियो ।

यस्तै अर्को खेलमा भने टोटनह्याम र वुल्भ्सले पनि १-१ को बराबरी खेलेका छन् ।

खेलको पहिलो मिनेटमै अग्रता लिए पनि टोटनह्यामले खेलको अन्तिम १० मिनेटमा गोल खान पुग्दा तीन अंक गुमाएको हो । टोटनह्यामका लागि खेलको पहिलो मिनेटमै टङाइ एन्डोम्बेलेले गोल गरेका थिए । उनले कर्नरबाट आएको बललाई डि बक्स भित्रबाट डेभिजले दिएको पासलाई डि-बक्स बहिरबाट गरेको प्राहारलाई गोलमा परिणत गरेका थिए ।

खेल भरी दुवै टोलीले उत्तिकै मौकाहरु बनाएका थिए । जितको नजिक रहेको टोटनह्यामले ८६ औँ मिनेटमा भने गोल खान पुगेको थियो । पेड्रो नेटोले काउन्टर अट्याकमा दिएको पासलाई निकै लोभलाग्दो गोल गर्दै रोमाइन साइसले वुल्भ्सलाई हारबाट टारेका थिए ।

यो बराबरीले पनि शीर्षस्थानमा रहेको लिभरपुलको १५ खेलबाट ३२ अंक पुगेको छ । लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई ३ अंकले पछि पारेको छ । यस्तै टोटनह्याम भने बराबरीसँगै २६ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ ।

Click to comment

Trending