Headline

बार्सिलोनाले सार्वजनिक गर्यो मेस्सीको चोटको अवस्था 

Published

on

क्याटलन क्लब बार्सिलोनाले आफ्नो स्टार खेलाडी लियोनेल मेस्सीको चोटको अवस्था सार्वजनिक गरेको छ ।

स्पेनिस जायन्ट बार्सिलोनाले सार्वजनिक गरे अनुसार मेस्सीले भोली हुने आइबर विरुद्धको खेल गुमाउने छन् भने जनावरी तीन तारिखमा हुएस्का विरुद्धको खेल सम्ममा पूर्ण ठिक भएर मैदानमा उत्रन सक्ने छन् । मेस्सीको दायाँ गोलीगाँठोमा चोट लागेको छ र उनी अहिले त्यसको उपचार गर्दैछन् । मेस्सी आइबार विरुद्धको खेल पछि मैदानमा अभ्यासका लागि आउन सक्ने पनि बार्सिलोनाले आफ्नो अफिसियल वेबसाइटमा जनाएको छ ।

बर्सिलोनाले रियल भालाडोलिड विरुद्धको खेल पछि आफ्नो टोलीलाई चार दिनको बिश्राम पनि दिएको छ । गत हफ्ता सम्पन्न खेलमा मेस्सीले ६५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाउन मद्धत गरेका थिए भने सो खेलमा नै उनले चोट पनि बोकेका हुन् ।

छ पटकका बालन डि”ओर विजेता मेस्सीले यस सिजन सबै प्रतियोगितामा गरेर बार्सिलोनाको लागि १८ खेल खेल्दै १० गोलका साथै पाँच असिस्ट पने गरेका छन् ।

Click to comment

Trending