Headline

प्रदेश २ माथि सहज जित निकाल्दै एपीएफ सेमीफाइनलमा

Published

on

विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा प्रदेश २ माथि आठ विकेटको सहज जित दर्ता गर्दै सेमीफाइनलमा प्रवेस गरेको छ ।

समुह ए बाट एपीएफ सहित लुम्बिनी प्रदेशले पनि सेमीमा स्थान सुरक्षित गरेको छ। हिजो सम्पन्न आफ्नो पहिलो खेलमा कर्णाली माथि २०४ रनको फराकिलो जित दर्ता गरेको एपीएफ दुई खेलमा चार अंक बटुल्दै सेमीमा प्रवेस गरेको हो । लुम्बिनीले पनि दुई खेलमा चार अंक सहित सेमिमा स्थान बनाउन सफल भएको हो । लुम्बिनीले प्रदेश २ र कर्णालीलाई समान ९-९ विकेटले पराजित गरेको थियो ।

यसै समुहमा रहेका कर्णाली र प्रदेश २ एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ७२ रन बनायो भने जवाफी ब्याटिङ गरेको एपीएफले १३ दशमलब एक ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

एपीएफको जितमा खेलको प्लेयर अफ द म्याच घोषित कप्तान सीता मगरले बलिङ तर्फ दुई विकेट तथा ब्याटिंङ तर्फ १८ रनको पारी खेलिन् । त्यस्तै एपीएफकी ज्योति पाण्डेले पनि ३० रनको योगदान दिइन् ।

प्रदेश २ को तर्फबाट ओपनरद्वय शोभा आले र अनुराधा चौधरीले क्रमश १३ र १८ रन बनाएर राम्रो सुरुवात दिए पनि त्यस पछि खेलाडीले रन जोड्न नसक्दा सानो योगफल मात्र बनाउन सक्यो ।

Click to comment

Trending