Headline

पारस दशकको उत्कृष्ट एशोसिएट खेलाडीको उपाधि जित्न असफल, स्कटल्याण्डका कोट्जरले पाए उपाधि

Published

on

स्कटल्यान्डका काइल कोट्जर अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडी चुनिएका छन् । आईसीसीले आज विजेताको घोषणा गरेको हो ।

यस विधाको मनोनयनमा परेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले उपाधि जित्न असफल रहे। आईसीसीले एक महिना अघि सार्वजनिक गरेको विभिन्न विधा मध्य नेपाली टोलीका पुर्व कप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ द डिकेड’ मा परेका थिए ।

यस विधामा पारस बाहेक स्कटल्यान्डका तीन तथा पपुवा न्युगिनी र नेदरल्यान्ड्सका १-१ जना खेलाडी रहेका थिए । नेपालका पारस र विजेता कोट्जर बाहेक स्कटल्यान्डका कलम म्याकलोयड र रिची बेरिङटन, नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा न्युगिनी अशद भाला यस विधाको मनोनयनमा परेका थिए ।

सन् २००९ बाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानी सम्हालेका पारसको नेतृत्वमा नेपालले डिभिजन पाँच देखि एकदिवसीय राष्ट्र सम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपाली टोलीले पारसको नै कप्तानीमा सन् २०१४ मा पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१९ मा नेपाली टोलीको कप्तानबाट राजिनामा दिएका पारसको कप्तानीमा नेपाल बलियो एशोसिएट राष्ट्र बन्न सफल भएको थियो । त्यस्तै स्कटल्याण्डले कोट्जरको कप्तानीमा सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सम्पन्न भएको विश्वकप खेलेको थियो ।

आईसीले यस अघि दशकको उत्कृस्ट एशोसिएट खेलाडी बाहेक सार्वजनिक गरेको विधाहरुमा दशकको उत्कृस्ट महिला र पुरुष खेलाडी, दशकको टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी, दशकको महिला खेलाडी, दशकको महिला र पुरुष ट्वान्टी ट्वान्टी खेलाडी, दशकको महिला एशोसिएट खेलाडी र दशकको स्प्रिट अफ क्रिकेट रहेका छन् ।

Click to comment

Trending