Headline

कप्तान रहानेले टेस्टमा आफ्नो १२ औं शतक प्रहार गर्दा भारत बलियो स्थितिमा

Published

on

कप्तान अजिंक्य रहनेले शतक प्रहार गरे पछि अष्ट्रेलिया विरुद्धको दोश्रो टेस्टमा भारत बलियो स्थितिमा पुगेको छ ।

पहिलो पारीमा घरेलु टोली अष्ट्रेलियालाई १९५ रनमा रोक्न सफल भारतले दोश्रो दिनको खेलको समाप्तिमा पाँच विकेटको नोक्सानीमा २७७ रन बनाएको छ भने अष्ट्रेलिया भन्दा ८२ रनले अघि रहेको छ ।

दोश्रो दिनको खेलको समाप्तिमा अविजित रहेका रहानेले १०४ रन बनाएका छन् । टेस्टमा १२ औं शतक प्रहार गरेका उनले २०० बल खेल्दै १२ चौका प्रहार गरे । १७३ रनमा पाँच विकेट गुमाएको भारतको पारी सम्ह्लाने क्रममा रहानेले छैठौं विकेटका लागि १०४ बलमा ४० रनमा अविजित रहेका रविन्द्र जडेजासँग अविजित १०४ रन जोड्न सफल भए ।

भारतका अन्य ब्याट्सम्यानहरुमा यस टेस्टबाट डेब्यु गरेका शुबमन गिल ४५, चेतेश्वर पुजारा १७, हनुमान विहारी २१ तथा विकेट किपर ब्याट्सम्यान रिशब पन्त २९ रन बनाएरा आउट भए भने हिजो नै पहिलो पारी सुरु गरेको भारतका ओपनर मायंक अगरवाल रनको खाता न खोली आउट भएका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ तथा न्याथन लायनले एक विकेट हात पारेका छन् ।

यस अघि जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले मात्र ७२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९५ रन बनाउन सक्यो ।

अष्ट्रेलियाको तर्फबाट मार्नस लाबुसनले सर्वाधिक ४८ रन बनाए भने ट्राभिस हेड र म्याथ्यु वेडले पनि क्रमश ३८ तथा ३० रनको योगदान दिए । त्यस्तै १० औं नम्बरमा ब्याटिङ गर्न आएका न्याथन लायनले पनि २० रनको पारी खेल्न भ्याए । खराब सुरुवात गरेको अष्ट्रेलियाका ओपनर जो बर्न्स शुन्य रनमा आउट भए भने स्टिभ स्मिथले पनि रनको खाता खोल्न भ्याएनन् ।

अष्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने रविचन्द्रन अश्विनले पनि तीन विकेट हात पारे । त्यस्तै आजको खेलमा टेस्टमा डेब्यु गरेका मोहम्मद सिराजले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending