राष्ट्रिय

कर्णालीको लगातार दोश्रो हार, लुम्बिनी सेमी नजिक

Published

on

कर्णाली प्रदेश माथि नौं विकेटको सहज जित दर्ता गर्दै लुम्बिनी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनल नजिक पुगेको छ ।

हिजो सम्पन्न विभागीय टोली एपीएफसँगको आफ्नो पहिलो खेलमा २०४ रनको लज्जास्पद हारको सामना गरेको कर्णाली एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीले भने हिजो नै सम्पन्न आफ्नो पहिलो खेलमा प्रदेश २ माथि नौं विकेटको सहज जित दर्ता गराएको थियो ।

हुस्सुका कारण ढिला गरेर सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले पुरै १३ ओभर खेल्दै छ विकेटको नोक्सानीमा ३४ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको कर्णालीले तीन दशमलब एक ओभरमा एक विकेट गुमाएर जित दर्ता गरायो ।

लुम्बिनीको जितमा कप्तान नेरी थापाले बलिङ तर्फ तीन ओभरमा १३ रन खर्चिएर दुई विकेट हात पारिन् भने ब्याटिङ तर्फ अविजित नौं रनको पारी खेलिन् ।

कर्णालीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । उसका दिक्षा पुरीले चार बल खेल्दै दुई चौकाको मद्धतमा सर्वाधिक आठ रन बनाउँदा अंशु शाक्य सात रनमा अविजित रहिन् ।

Click to comment

Trending