अन्तर्राष्ट्रिय

विलियमसनको शतकमा न्युजिल्याण्डको विशाल योगफल, पाकिस्तानको खराब सुरुवात

Published

on

कप्तान केन विलियमसनको शतक तथा बिजे वाटलिङ, रस टेलर र हेनरी निकोल्सको अर्धशतकको मद्धतमा न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो पारीमा ४३१ रनको योगफल बनाएको छ ।

आज नै आफ्नो पहिलो पारी सुरु गरेको पाकिस्तानले दोश्रो दिनको खेलको समाप्तिमा २० ओभर खेल्दै ३० रन बनाएर एक विकेट गुमाएको छ भने न्युजिल्याण्ड भन्दा ४०१ रनले पछि रहेको छ ।

पाकिस्तानका ओपनर अबिद अलि ६४ बलमा १९ रनमा तथा तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका मोहम्मद अब्बास १५ बल खेल्दै शुन्य रनमा अविजित रहेका छन् भने अर्का ओपनर शान मसूद ४२ बल खेल्दै १० रनमा आउट हुन पुगे ।

न्युजिल्याण्डका कायल ज्यामिसनले छ ओभर बलिङ गर्दै चार मेडन ओभर सहित पाँच रन खर्चिएर एक विकेट हात पारे ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले प सबै विकेट गुमाएर ४३१ पहिलो पारीमा १५५ ओभर खेल्दै ४३१ रन बनाएको हो ।

पहिलो दिन ८७ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २२२ रन बनाएको न्युजिल्याण्डले दोश्रो दिन ६८ ओभर खेल्दै २०९ रन जोड्यो ।

पहिलो दिनको खेलको समाप्तिमा ९४ रनमा अविजित रहेका कप्तान विलियमसनले २९७ बल खेल्दै १२ चौका र एक छक्काको मद्धतमा १२९ रन बनाएर यासिर शाहको बलमा आउट भए । टेस्टमा विलियमसनको यो २३ औं शतक हो ।

विलियमसन बाहेक न्युजिल्याण्डका बिजे वाटलिङ, रस टेलर र हेनरी निकोल्सको क्रमश १४५ बलमा ७३ रन, १५१ बलमा ७० रन तथा १३७ बलमा ५६ रनको पारी खेले । त्यस्तै कायल ज्यामिसनले पनि ३२ रनको योगदान दिए ।

पाकिस्तानका शाहीन अफ्रिदीले सर्वाधिक चार तथा यासिर शाहले पनि तीन विकेट हात पारे ।

Click to comment

Trending