Headline

प्रिमियर लिग बक्सिङ डे: लिभरपुल विरुद्ध वेष्ट ब्रोम, टोटनह्याम र वुल्भ्स भिड्दै

Published

on

प्रिमियर लिगको बक्सिङ डे मा आज लिभरपुलले वुल्भ्सको सामना गर्दै छ भने अर्को खेलमा टोटनह्यामले वुल्भ्ससँग खेल्ने छ ।

लिभरपुलले वेष्ट ब्रोमसँग आफ्नो घर एन्फिल्डमा खेल्न लागेको हो । पछिल्लो सिजनको बक्सिङ डे हरुमा निकै कम खेल हारेको लिभरपुललाई आजको खेल जित्दै शिर्ष स्थानमा ५ अंकको अग्रता बनाउने मौका हुने छ ।

चोटग्रस्त खेलाडीहरु बिस्तारइ ठीक हुँदै आए पछी लिभरपुल यो सिजन फेरी पनि उपाधि दावेदारको रुपमा हेरिन थालएको छ । लिभरपुलले वेष्ट ब्रोमसँगको पछिल्लो १३ खेलमा चारमा मात्रै जित हात पारेको छ भने ६ मा बराबरी र तीनमा हार बेहोरेको छ । तर लिभरपुल वेष्ट ब्रोमसँगको अन्तिम १० भेटमा भने एक खेलमा पनि पराजित भएको छैन ।

लिभरपुलका लागि यो खेलमा धेरै सिनियर खेलाडीहरुले मौका पाउने छन् । लिभरपुलका फरवार्ड  डिएगो जोटाले भने यो खेल चोटका कारण गुमाउने छन् । वेष्ट ब्रोमले १९ औँ स्थानमा रहेको छ । यो खेलमा जित हात पार्न सके वेष्ट ब्रोमले आफ्नो अंकमा केही सुधार ल्याउने छ ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने लगतार दुई खेलमा पराजित भएको टोटनह्यामले वुल्भ्सको सामना गर्दै छ । टोटनह्यामलाई शिर्ष चारमा रहनका लागि यो खेल जित्नै पर्ने दवाब रहेको छ ।

इङ्लिस लिग कपमा स्टोक सिटी माथि जित हात पार्दा राम्रो खेल देखाएका ग्यारेथ बेल यो खेलको सुरुवाती ११ मा पर्न सक्ने छन् । यस्तै टोटनह्यामका लागि यो खेलमा सबै खेलाडीहरु फिट रहेका छन् । वुल्भ्सका लागि पनि शिर्ष १० मा स्थान बनाउन यो खेल निकै महत्वपूर्ण छ ।

यो खेल जितेको खण्डमा टोटनह्याम तेस्रो स्थानमा उक्लिने छ भने वुल्भ्सले जितेमा १० औँ स्थानमा उक्लिने छ । वुल्भ्सका लागि राउल हिमिनेजले यो खेल गुमाउने छन् ।

यो खेल नेपाली समय अनुसार मध्यरात १:०० बजे सुरु हुने छ ।

यस्तै आज हुने अन्य खेलहरुमा भने लिड्सले बर्नली विरुद्ध ५:४५ बजे र वेष्ट ह्यामले ब्राइटन विरुद्ध ८:०० बजे खेल्दै छ ।

Click to comment

Trending