Headline

लण्डन डर्बीमा चेल्सीको आर्सनलसँग लज्जास्पद हार

Published

on

लगतार प्रिमियर लिगका खेलहरु हारिरहेको आर्सनलले चेल्सीलाई ३-० ले हराएको छ । आर्सनलको जितमा एलेक्ससान्द्रे लाकाजेट,ग्रेनेट जाका र बुकायो साकाले गोल गरेका थिए । चेल्सीका लागि भने एक गोल ट्यामी अब्राहमले गरेका थिए ।

आर्सनलका लागि पहिलो गोल एलेक्ससान्द्रे लाकाजेटले पेनाल्टी मार्फत गरेका थिए । रिएस जेम्सले आर्सनलका किरिएन टिएर्नीलाई लडाए पछी पाएको पेनाल्टीमा आर्सनलले ३४ औँ मिनेटमा पहिलो गोल गरेको थियो । आर्सनलका लागि दोस्रो गोल भने ४४ औँ मिनेटमा कप्तान ग्रेनेट जाकाले फ्रिकिक मार्फत सिधै गरेका थिए । लगतार चेल्सी माथि हावी भएको आर्सनलले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । पहिलो हाफमा चेल्सीको प्रदर्शन निकै फितलो रहेको थियो ।

आर्सनलले दोस्रो हाफमा भने अर्को गोल थप्यो । आर्सनलका लागि ५६ औँ मिनेटमा बुकायो साकाले गरेको क्रस सिधै गोल हुन पुगेको थियो ।  चेल्सीका लागि ८५ औँ मिनेटमा भने ट्यामी अब्राहमले एक गोल फर्काएका थिए । उनले क्यालुम हड्सन ओडोइले दिएको पासलाई चेस्टिङ गर्दै गोल गरेका थिए । चेल्सीले ९० औँ मिनेटमा पाएको पेनाल्टीमा पनि गोल गर्न चुकेको थियो । चेल्सीका लागि जर्जिनिहो पेनाल्टीमा चुक्न पुगे । चेल्सीले खेल भरी आर्सनललाई एक पटक पनि दवाबमा राख्न सकेको थिएन ।

लगातार १० खेल हार्दै प्रिमियर लिगको १५ औँ स्थानमा रहदै आएको आर्सनललाई यो जितले निकै राहत मिलेको छ ।

जितसँगै आर्सनल १७ अंक सहित १४ औँ स्थानमा उक्लिएको छ । चेल्सीले भने खेल जित्दै भने दोस्रो स्थानमा जाने मौका गुमाएको छ ।

Click to comment

Trending