Headline

लेस्टरसँग बराबरीमा रोकियो युनाइटेड

Published

on

दुई पटक पाएको गोलको अग्रतालाई जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २-२ को बराबरीमा रोकिएको छ ।

लेस्टरको घरमा भएको खेलमा युनाइटेडका लागि मार्कस रासफोर्ड र ब्रुनो फर्नानडेजले गोल गरेका थिए । लेस्टरका लागि एक गोल हर्भी बार्न्सले गरे । अर्को गोल भने लेस्टरले उपहार स्वारुप पाएको थियो ।

खेलको २३ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि रासफोर्डले पहिलो गोल गरेका थिए । ब्रुनो फर्नानडेजको निकै राम्रो पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए । तर युनाइटेडको अग्रता धेरै समय टिक्न पाएन । ३१ औँ मिनेट लेस्टरका लागि हर्भी बार्न्सले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । बार्न्सले युनाइटेडका तीन डिफेन्डर र गोलरक्षक डेभिड डे गियालाई छक्काउदै गरेको लामो प्रहर गोल भएको थियो ।

पहिलो हाफमा १-१ को बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि एक-एक गोल गर्दै बराबरी खेलेका थिए । ७९ औँ मिनेटमा युनाइटेडका लागि एडिसन कभानीको पासमा ब्रुनो फर्नानडेजले गोल गर्दै खेल २-१ को स्थितीमा ल्याएका थिए । एक गोलले पछि परे पनि लगतार अक्रामक देखिएको लेस्टरले ८५ औँ मिनेटमा भने बराबरी गोल फर्काएको थियो । जेमी भार्डीले गरेको प्राहारलाई युनाइटेडका डिफेन्डर एलेक्स टाउन्जेबेलाई लाग्दै गोल हुन पुगेको थियो ।

एक अंकमा सिमित भए पनि अहिले सम्म भने लेस्टर सिटी दोस्रो र युनाइटेड तेस्रोमा रहेको छ ।

यस्तै आज हुने अन्य खेलहरुमा साउथह्याम्प्टनले फुल्ह्याम,क्रिस्टल प्यालेसले एस्टन बिल्ला र आर्सनलले चेल्सीसँग खेल्दै छ ।

 

Click to comment

Trending