Headline

प्रन्धमन्त्री कपको उद्घाटन खेलमा लुम्बिनीको सहज जित

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । दाङको लमहीमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ माथि नौं विकेटको सहज जित दर्ता गराएको हो ।

प्रदेश २ ले दिएको ७८ रनको लक्ष्य लुम्बिनीले १६ दशमलब एक ओभर खेल्दै एक विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

लुम्बिनीको जितमा गीता गोसाईले अविजित रहँदै ४२ बलमा सर्वाधिक २३ रन तथा सरस्वती गंगा मगरले ४२ बलमा नै २२ रनको पारी खेले भने कप्तान नेरी थापाले पनि १३ बलमा अविजित १५ रनको योगदान दिइन् ।

यस अघि खेलको प्लेयर अफ द म्याच घोषित सुष्मिता भुसालले घातक बलिङ गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ७७ रन बनायो ।

प्रदेश २ को तर्फबाट अनुराधा चौधरी र साना प्रविनले समान २१-२१ तथा बिमला मगरले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीको तर्फबाट भुसालले चार ओभर बलिङ गर्दै १० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् भने स्वस्तिका बजगाई, नेरी थापा र गीता गोसाईले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending