Headline

भारत सामू निरिह अष्ट्रेलिया, पहिलो दिन भारतको पकडमा

Published

on

जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि अष्ट्रेलिया विरुद्धको पहिलो दिनको खेलमा भारतले पकड जमाउन सफल भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले मात्र ७२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९५ रन बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको भारतले पहिलो दिनको खेलको समाप्तीमा ३६ रन बनाएर एक विकेट गुमाएको छ र अष्ट्रेलिया भन्दा १५९ रनले पछि रहेको छ ।

आजै आफ्नो पारी सुरु गरेको भारतको तर्फबाट खेलमा डेब्यु गरेका शुभमन गिल २८ तथा चेतेश्वर पुजारा सात रनमा अविजित रहेका छन् । भारतका ओपनर मायंक अगरवाल मिचेल स्टार्कको बलमा डक आउट हुन पुगे ।

यस अघि अष्ट्रेलियाको तर्फबाट मार्नस लाबुसनले सर्वाधिक ४८ रन बनाए भने ट्राभिस हेड र म्याथ्यु वेडले पनि क्रमश ३८ तथा ३० रनको योगदान दिए । त्यस्तै १० औं नम्बरमा ब्याटिङ गर्न आएका न्याथन लायनले पनि २० रनको पारी खेल्न भ्याए ।

खराब सुरुवात गरेको अष्ट्रेलियाका ओपनर जो बर्न्स शुन्य रनमा आउट भए भने स्टिभ स्मिथले पनि रनको खाता खोल्न भ्याएनन् ।

अष्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने रविचन्द्रन अश्विनले पनि तीन विकेट हात पारे । त्यस्तै आजको खेलमा टेस्टमा डेब्यु गरेका मोहम्मद सिराजले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending