अन्तर्राष्ट्रिय

बुम्रा र अश्विनको घातक बलिङ, अष्ट्रेलिया पहिलो पारीमा १९५ रनमा समेटियो 

Published

on

जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि भारत विरुद्धको दोश्रो टेस्टको पहिलो दिन पहिलो पारीमा अष्ट्रेलिया मात्र १९५ रनमा समेटिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले मात्र ७२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९५ रन बनाउन सकेको हो ।

अष्ट्रेलियाको तर्फबाट मार्नस लाबुसनले सर्वाधिक ४८ रन बनाए भने ट्राभिस हेड र म्याथ्यु वेडले पनि क्रमश ३८ तथा ३० रनको योगदान दिए । त्यस्तै १० औं नम्बरमा ब्याटिङ गर्न आएका न्याथन लायनले पनि २० रनको पारी खेल्न भ्याए ।

खराब सुरुवात गरेको अष्ट्रेलियाका ओपनर जो बर्न्स शुन्य रनमा आउट भए भने स्टिभ स्मिथले पनि रनको खाता खोल्न भ्याएनन् ।

अष्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने रविचन्द्रन अश्विनले पनि तीन विकेट हात पारे । त्यस्तै आजको खेलमा टेस्टमा डेब्यु गरेका मोहम्मद सिराजले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending