Headline

प्रिमियर लिग बक्सिङ डे: लन्डन डर्बीमा चेल्सी र आर्सनल भिड्दै, म्यानचेस्टर युनाइटेडको सामना गर्दै लेस्टर

Published

on

प्रिमियर लिगको क्रसमस पछिको आज बक्सिङ डे मा ६ खेलहरु हुँदै छन् । क्रिसमसको छोटो छुट्टी भए पनि क्लबहरुले एक दिनको अन्तरालमा दुई खेल खेल्नु पर्ने छ ।

आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीको सामना गर्दै छ । लेस्टरको घरमा हुने खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई दोस्रो स्थानमा उक्लिने मौका हुने छ भने लेस्टरलाई खेल जित्दै दोस्रो स्थानमा तीन अंकको अग्रता लिने मौका हुने छ ।

गएको सात अवे खेलहरुमा एकमा पनि पराजित नभएको युनाइटेडलाई आफ्नो लय कायम राख्न लेस्टर विरुद्धको यो निकै महत्वपूर्ण हुने छ । लेस्टर सिटी पनि दोस्रो स्थानमा रहदै अर्को खेलमा जान चाहन्छ । युनाइटेडका लागि सबै खेलाडीहरु फिट रहेका छन् भने यो पटक कप्तानीको जिम्मा ब्रुनो फर्नानडेजले पाउन सक्ने छन् । लेस्टरका लागि पनि जेमी भार्डीको फमले निकै महत्वपूर्ण नतिजा निकाल्न मद्धत गर्ने छ ।

यो खेल नेपाली समय अनुसार ५:१५ मा सुरु हुने छ ।

यस्तै आज हुने लन्डन डर्बीमा चेल्सीले अंक तालिकाको पुछारमा रहेको आर्सनलको सामना गर्ने छ । अघिल्लो सिजन घरको खेलमा चेल्सीसँग २-१ ले पराजित भएको आर्सनलले २००९ देखी चेल्सीसँग लगतार खेल हारेको छैन ।

खराब फमबाट गुझ्रिरहेको आर्सनलका लागि यो खेलले निकै महत्वपूर्ण रहने छ । चेल्सीले पनि आर्सनलसँगको पछिल्लो १७ भेटमा दुईमा मात्र हार खाएको छ । आर्सनलले भने १९८७ देखी आफ्नो बक्सिङ डे को एक खेल पनि हारेको छैन ।

आर्सनलका लागि पुर्व चेल्सी खेलाडीहरु डेभिड लुइज र विलियानले सुरुवात गर्न सक्ने छन् । आर्सनलका लागि मर्टिनली घाइते छन् भने मुख्य डिफेन्डर गब्रियलले अघिल्लो खेलमा रातो कार्ड खाए पछि यो खेल गुमाउने छन् । चेल्सीका लागि भने हाकिम जियाचले चोटका कारण खेल गुमाउने छन् ।

यो खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ ।

यस्तै आज हुने अन्य खेलहरुमा ८:४५ बजे फुलह्यामले साउथह्याम्प्टन र एस्टन भिल्लाले क्रिस्टल प्यालेसको सामना गर्ने छ । मध्यरात १:४५ का दुई खेलहरुमा भने म्यानचेस्टर सिटीले न्युकासल युनाइटेड र एवर्टनले सेफिल्ड युनाइटेडको सामना गर्ने छ ।

Click to comment

Trending