Headline

प्रधानमन्त्री कप आजबाट, विजेताले पाँच लाख जित्ने (परिवर्तित खेल तालिका सहित)

Published

on

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । दाङको लमहीमा हुन लागेको प्रतियोगिताको पहिलो दिनको खेलमा लुम्बिनी प्रदेश र प्रदेश दुई तथा एपीएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफ गरेर कुल आठ टोलीको सहभागिता रहने छ ।

सहभागी आठ टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । प्रत्येक टोलीले आफ्नो समुहमा रहेको सबै टोली विरुद्ध एक आपसमा भिड्ने छन् । आफ्नो समुहका विजेता र उपविजेताले सेमी-फाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको विजेतालाई नगद पाँच लाख तथा उपविजेतालाई नगद तीन लाख पुरस्कार राशी राखिएको जनाएको छ । त्यस्तै प्रतियोगिताको सेमीफाइनल पुग्ने टोलीले पनि नगद २५-२५ हजार हात पार्ने छन् । प्लेयर अफ द सिरिजलाई नगद २१ हजार, बेस्ट ब्याट्सवोमनलाई १० हजार तथा उत्कृस्ट बलरलाई नगद पाँच हजार प्रदान गरिने छ भने प्रत्येक खेलको उत्कृस्ट खेलाडीले नगद दुई हजार जित्ने पनि क्यानले जनाएको छ ।

ट्वान्टी ट्वान्टी ढाँचामा खेलाइने प्रतियोगिताको फाइनल खेल पुष १९ हुनेछ।

Click to comment

Trending