Headline

प्रधानमन्त्री कप महिला क्रिकेटलाई सगरमाथाको प्रायोजन

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितका लागि नेपाल क्रिकेट संघले सगरमाथा सिमेन्टसँग प्रायोजन सम्झौता गरेको छ ।

क्यानले एक बिज्ञप्ति जारी गर्दै शनिबारदेखि दाङ्गको लमहीमा शुरु हुन गइरहेको प्रतियोगिताका लागि प्रायोजन सम्झौता भएको जनाएको हो । सम्झौताको बारेमा बिस्तृत बिवरण खुलाइएको छैन ।

पौष १९ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदशे सहित बिभागीय टोली नेपाल एपिएफ क्लब गरि ८ टोलीको सहभागिता रहेको छ । एपिएफ प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन पनि हो ।

लमही क्रिकेट मैदानमा हुने खेलका लागि सम्पूर्ण तयारी पनि पुरा भइसकेको छ । पहिलो दिन लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच खेल हुनेछ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले आर्थिक सहयोग गर्दै आएको छ ।

राखेपले नै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि गर्दै आएको छ । यसअघि नीजि कम्पनीलाई व्यवस्थापन जिम्मा दिइएपनि क्यान पुनर्बहाली भएपछि क्रिकेट संघले नै प्रतियोगिता आयोजना हेर्न लागिरहेको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेटको यसअघिको संस्करण धनगढीमा भएको थियो । हाल स्थगित भएको पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको नयाँ मिति तोकिएको छैन ।

Click to comment

Trending