Headline

प्रदेश लिग मध्य जनवरीबाट गर्दै एन्फा

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनवरीको मध्य देखी प्रदेश २,बागमती र सुदुरपश्चिम प्रदेशमा कोरोना भाईरसको कारणले रोकिएका प्रदेशिक लिगहरु सुचारु गर्ने भएको छ ।

बिहीबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रदेशका फुटबल प्रतिनिधिहरूसँग बसेको बैठकले प्रदेश लिगहरु सन्चालन गर्ने निर्णय लिएको हो । निर्णय लिएसँगै प्रदेशहरुले विस्तृत प्रस्ताव एक हप्तामा एन्फामा पठाउनेछन् ।

बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव इन्द्रमण तुलाधर, लिग निर्देशक संजीब मिश्र र प्रदेश दुई , बागमती प्रदेश र सुदुरपक्षिम प्रदेशका प्रतिनिधिहरु उपस्थित थिए ।

एन्फाले यस अघि पनि रोकिएका बि र सी डिभिजन लिगहरु पनि यही वर्ष सुचारु गर्ने निर्णय लिसकेको छ भने महिला लिग पनि माघ देखी गर्ने बताएको छ ।

 

 

Click to comment

Trending