Headline

अष्ट्रेलियन भुमिमा भारतले टेस्टमा ४-० को लज्जास्पद हार व्यहोर्ने छ: मार्क वा

Published

on

अष्ट्रेलियाका पुर्व ब्याट्स्म्यान मार्क वाले भारतले अष्ट्रेलियाको भुमिमा बोर्डर गाभस्कर ट्रफिमा ४-० को लज्जास्पद हार व्यहोर्ने भविष्यवाणी गरेका छन् ।

धेरै क्रिकेट पण्डितहरु भारतले टेस्ट शृंखलामा वापसी गर्ने धारणा राखे पनि वाले दोश्रो टेस्ट अगाडी अष्ट्रेलियाले शृंखलामा क्लिन स्विप गर्ने आफ्नो धारणा राख्दछन् । वाले भने: “लेखेर राख्नुहोस् भारतले यस टेस्ट शृंखलामा ४-० को हारको सामना गर्नेछ ।”

भारतले पहिलो टेस्टमा आठ विकेटको लज्जास्पद हारको सामना गरेको थियो । पहिलो पारीमा भारतले ४३ रनको अग्रता कायम गरे पनि दोश्रो पारीमा मात्र ३६ रनमा अल आउट भएको थियो ।

वाले थपे: “पहिलो टेस्टमा कागजमा हेर्दा भारतले टेस्ट जित्ने देखिन्थ्यो। बिराट कोहलीको उपस्थितिमा भारत नै बलियो थियो । तर पहिलो टेस्ट पनि जित्न सकेन । अब झन् कोहली टोलीमा छैनन् । यसले भारतलाई झन् बढी दबाब हुन्छ ।”

‘अह कुनै पनि सम्भावना (भारत टेस्टमा फर्कने) छैन । कुनै पनि आशा छैन । भारत यो टेस्ट शृंखलामा फर्किनै सक्दैन । पहिलो टेस्टको पिच पनि भारतलाई नै सुहाउदो थियो ।’

भारतले यस अघि सन् २०१८ मा अष्ट्रेलिया भ्रमणमा ऐतिहासिक टेस्ट शृंखला माथि कब्जा जमाएको थियो । भारतले पहिलो पटक अष्ट्रेलिया माथि उसकै घरेलु मैदानमा पहिलो पटक टेस्ट शृंखला जितेको थियो । भारतले चार टेस्टको शृंखला २-१ ले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

पहिलो टेस्ट ३१ रनले जितेको भारतले दोश्रो खेलमा अष्ट्रेलियासँग १ सय ४६ रनको लज्जास्पद हारको सामना गरेको थियो भने तेश्रो टेस्ट १ सय ३७ रनले जितेको थियो । चौथों टेस्ट भने बराबरीमा टुंगियो ।

Click to comment

Trending