Headline

टुचेललाई बर्खास्त गरे पछि पोच्चेटिनो नयाँ प्रशिक्षक बनाउदै पिएसजी

Published

on

फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) ले जर्मन प्रशिक्षक थोमस टुचेललाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ भने नयाँ प्रशिक्षकको रुपमा पुर्व इस्पानियोल र टोटनह्याम हट्सपरका प्रशिक्षक मोउरिसियो पोच्चेटिनोलाई भित्र्याउन सबै प्रक्रियाहरु पुरा गरेको छ  ।

दुई वर्ष छ महिना पिएसजीमा रहेका टुचेलले दुई लिग वान,फ्रेन्च कप र लिग कप जिताएका थिए । यस्तै उनले पिएसजीलाई २०१९-२०२० को च्याम्पियन्स लिग फाइनलमा पुर्याएका थिए । बायर्न म्युनिखसँग १-० ले पराजित भए पछि फाइनलमा पिएसजी चुकेको थियो ।

पिएसजी अहिले लिग वानमा तेस्रो स्थानमा रहेको छ भने लिगको शिर्ष स्थानमा रहेको लायोन भन्दा एक अंक मात्र पछाडि रहेको छ । यस्तै च्याम्पियन्स लिगमा पनि पिएसजी अन्तिम १६ मा बार्सिलोनासँग सामना गर्ने तालिका रहेको छ ।

घरमा भएको खेलमा स्टर्सबोर्गस्लाई ४-० ले पराजित गरेको २४ घण्टा पनि नबितिदै पिएसजीले ४७ वर्षका टुचेललाई बर्खास्त गरेको हो उनको प्रशिक्षणमा पीएसजीले १२७ खेल खेल्दै ९५ खेल जितेको छ ।

यस्तै अब पिएसजीको डगआउट अर्जेन्टिनियन प्रशिक्षक पोच्चेटिनोले सम्हाल्ने छन् । पोच्चेटिनो अघिल्लो सिजन टोटनह्यामले बर्खास्त गरे पछि कुनै क्लबमा अनुबन्धित भएका थिएनन् । पोच्चेटिनो पुर्व पिएसजी खेलाडी समेत हुन् । उनले पिएसजीका लागि २००१ देखी २००३ सम्मा खेलेका थिए ।

Click to comment

Trending