Headline

आईपीएलमा १० टोली रहने

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) बाट १० टोली समावेस गराउने भएको छ ।

बिसीसीआईको अहमदाबादमा आज बसेको बार्षिक साधारण सभाले सन् २०२२ को सिजनबाट १० टोली समावेस गरेर आईपीएल आयोजना गर्ने निर्णय गरेको हो । यसको बृस्तृत विवरण भने बोर्डले खुलासा गरेको छैन ।

बिसीसीआई यस अघि सन् २०११ मा १० टोली तथा सन् २०१२ र २०१३ को सिजनमा नौं-नौं टोली समावेस गरेर आईपीएलको आयोजना गरेको थियो । तर पछि प्रतियोगिताको समय लामो भएको भन्दै सन् २०१४ बाट फेरी आठ टोलीलाई नै समावेस गर्दै प्रतियोगिता संचालन गर्दै आएको छ ।

यस अघि १३औं संस्करणको समाप्ति पछि भारतीय संचारमाध्यमहरुले १४औं संस्करणको आईपीएलमा बिसीसीआईले आठको स्थानमा नौं टोलीलाई खेलाउन लागेको जनाएका थिए भने सन् २०२२ मा १० टोली पुर्याउने बताएका थिए । तर बोर्डले आजको बैठक पछि अर्को संस्करणमा नौं टोली समावेस गर्ने अथवा आठ टोलीलाई नै खेलाउने बारेमा पनि केहि खुलाएको छैन ।

त्यस्तै बिसीसीआईले अर्को संस्करणको लागि भब्य अक्सन गर्ने भएको छ । यस बर्ष कोरोनाका कारण अप्रिल-मेको सट्टामा सेप्टेम्बरमा भएको प्रतियोगिता आगामी बर्ष भारतमा अप्रिल-मेमा नै गर्ने योजना बुनेको छ जसका लागि भब्य अक्सन जनवरी/फेब्रुअरीमा गर्नेछ ।

Click to comment

Trending