Headline

चैत्र १ बाट सी डिभिजन लिग गराउदै एन्फा

Published

on

सहिद स्मारक सी डिभिजन लिग २०७७ चैत १ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सूरुवातमै स्थगित रहेकाे लिग सञ्चालन गर्ने निर्णय निकालेको हो ।

कोरोनाका कारण गत वर्षको चैत्र देखी सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित भएको थियो । बि डिभिजन लिग बिचमै रोकिँदा सी डिभिजन लिगलाई पनि असर परेको थियो ।

एन्फाले सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत निर्णय गरेको छ । सी डिभिजनका क्लबले तयारी खर्च २ लाख बढाउदै अब ९ लाख रुपैयाँ प्राप्त गर्नेछन् । छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए ।

यस्तै आज भएको यो छलफलमा एन्फाले क्लबहरुलाई एएफसी र फिफाको कोरोना भाईरस विरुद्धको प्रोटोकल समेत बुझाएको थियो ।

Click to comment

Trending