Headline

खराब समयमा आर्सनलको मद्धत गर्न चाहन्छन् ओजिल

Published

on

फुटबल हेरेका र बुझेकाहरुलाई मेसुट ओजिल कती सम्मका प्रभावशाली खेलाडी हुन् भनेर बुझाईराख्नु नपर्ला । दशा लागे जसरी थालिएको आर्सनल अहिले निकै खराब समयसँग जुझिरहेको छ । निराशाजनक प्रदर्शन गर्दै लम्किरहेको रहेको आर्सनलमा रहेका ओजिललाई यो निकै गार्हो समय हो र यो कुरा उनी मान्छन् पनि । तर उनी आफुले चार वर्ष खेलिसकेको क्लबले अझै नतिजा सुधार गर्ने बिषयमा आशावादी छन्।

अहिले पनि उनको नाम आर्सनलले खेल्ने प्रिमियर लिगको टोलीमा अट्दैन । उनी नराम्रा खेलाडी भएर पनि हैनन् कारण के हो आर्सनललाई नै थाहा होला ।

अन्तिम पटक अघिल्लो वर्ष मार्च ७ मा वेष्ट ह्याम विरुद्ध १-० को जित निकाल्दा आर्सनलका लागि खेलेका ओजिलले आज सम्म पनि आर्सनलको रातो जर्सीमा मैदान उत्रिन पाएका छैनन् । त्यही कारण पनि ओजिलले यही जनवरी क्लब छोड्ने हल्लाए बजार तात्दै छ र जनवरीको ‘विन्टर विन्डो’ ओजिलले आर्सनल नछोड्ने हो भने सम्भवत: उनी अर्को वर्ष ‘फ्री ट्रान्सफर’ मा लन्डन छोड्ने छन् ।

उनी अहिले मैदानमा त सकृया छैनन् तर सामाजिक सन्जालमा भने उनी आर्सनललाई निकै माया गरिरहेका हुन्छन् । उनले केही दिन अघी पनि आर्सनलले खेल हारे पनि समर्थक र खेलाडीहरुलाई सकरात्मक रहन ट्वीट गरेका थिए । उनले वुधबार मात्रै पनि लामो समय समर्थकको माझ नरहेका कारण ‘ह्यासट्याग आस्क ओजिल’ ट्वीट गर्दै आफुलाई प्रश्न सोध्न आग्रह गरेका थिए ।

उनलाई त्यो क्रममा उनी आर्सनलमा खुशी छन् वा छैनन् भन्ने प्रश्न आएको थियो । उनले त्यो ट्वीटको जवाफ दिँदै लेखे,”अहिले क्लबका लागि मात्र हैन सबैको लागि खराब समय हो, मेरो मात्र पनि हैन । अहिलेको यो अवस्था सबैको लागि खराब नै छ,”

“अहिलेको यो अवस्थामा मलाई मेरो टोलीलाई मद्धत गर्न निकै मन छ र मैले मौका पाए सम्म म मेरो टोलीलाई राम्रो परिणाम दिन चाहन्छु।”

उनले लेखेको जस्तै आर्सनल निकै खराब समयसँग गुझ्रिरहेको छ । अबको केही खेलहरुमा तीन अंक हात नपार्ने हो भने आर्सनल बिस्तारै रेलिगेसनमा पर्न सक्ने सम्भावना निकै बलियो हुने छ । आर्सनल अहिले १५ औँ स्थानमा रहेको छ र आउने खेलमा आफु भन्दा तल रहेको वेष्ट ब्रोमसँग जित निकाल्न नसक्ने हो भने आर्सनल सिधै १८ औँ स्थान झर्ने छ ।

आर्से वेङर पछि मिकेल आर्टेटा आर्सनल सम्हाल्ने तेस्रो व्यवस्थापक हुन् । आर्सनलका समर्थकहरुले आर्टेटाबाट जस्तो आश गरेका छन् त्यो सपना हुने समय आएको छ ।

आउने विन्डोमा पनि ओजिलले आर्सनल नछोड्ने र क्लबले प्रिमियर लिगमा राम्रो प्रदर्शन नगर्ने हो भने दुवैको भविष्य कता जान्छ त्यो समयले नै बताउने छ  ।

Click to comment

Trending