Headline

युवा खेलाडीहरु चम्किदा पिएसजीको रोमान्चक जित

Published

on

केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र मोइस किनले खेलको सक्किन ११ मिनेट बाँकी छँदा लगतार गोल गरे पछि पेरीस सेन्ट जर्माइन(पिएसजी) ले स्ट्रासवर्गलाई ४–० को फराकिलो अन्तरले हराएको छ । पिएसजीका लागि पहिलो गोल भने युवा खेलाडीले टिमोथी पेम्वेले गरेका थिए ।

पिएसजीका लागि खेलको १८ औँ मिनेटमा पेम्वेलेले गोल गर्दै अग्रता दिलाएका थिए भने स्ट्रासवर्गको लगतारको आक्रमण रोक्दै पिएसजीले बाँकीका तीन गोल अन्तिम ११ मिनेट भित्र गरेको थियो । पिएसजीले खेल भरी राम्रो मौकाहरु बनाए पनि गोल भने गर्न सकेको थिएन ।

पहिलो हाफमा १-० ले अग्रता बनाए पनि दोस्रो हाफमा पाएको मौकाहरुलाई पिएसजीले ७९ औँ मिनेट सम्म गोलमा परीणत गर्न सकेको थिएन । ७९ औँ मिनेटमा एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गरे पछि पिएसजीले २-० को अग्रता बनाएको थियो ।

८८ औँ मिनेटमा जुलियन ड्राक्सलरको पासमा इड्रिसाले गोल गर्दै पिएसजीको अग्रता ३-० को पारे । पिएसजीले चौँथो गोल भने इन्जुरी समयमा थप गरिएको पहिलो मिनेटमा गरेको थियो । पिएसजीका लागि मोइस किनले गोल गर्दै ४–० को रोमान्चक जित दिलाएका थिए ।

जितसँगै पिएसजीको १७ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने शीर्षस्थानमा रहेको लियोन र लिलको समान ३६ अंक छ । पराजित स्ट्रासवर्ग १४ अंक सहित १७ औँ स्थानमा छ ।

Click to comment

Trending