Headline

म्यानचेस्टर युनाइटेड र टोटेनह्याम लिग कपको सेमिफाइनलमा

Published

on

प्रिमियर लिगका क्लबहरु म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर इङ्लिस लिग कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले एवर्टनलाई २-० र टोटनह्यामले स्टोक सिटीलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेका हुन् ।

टोटेनहमको जितमा ग्यारेथ बेल, बिन डेभिस र ह्यारी केनले गोल गरेका थिए भने स्टोकका जोर्डन थोम्पसनले एक गोल गरे । २२ औँ मिनेटमा ह्यारी विङ्सको पासमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

५३ औँ मिनेटमा भने थोम्ससनले बराबरी गोल फर्काउन पुगे तर ७० औँ मिनेटमा बिन डेभिसले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिए । ८१ औँ मिनेटमा फेरी ह्यारी केनले गोल गर्दै टोटनहमको जित पक्का गरे ।

यस्तै अर्काे खेलमा दुई मिनेटको अन्तरमा एडिन्सन काभानी र एन्थोनी मार्सियालको गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ । काभानीले ८८ औँ मिनेटमा तथा मार्सियालले ९० औँ मिनेटमा गोल गरेका थिए ।

ससँगै इएफएल कपको सेमिफाइन समिकरण पुरा भएको छ । सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा टोटेनहम र ब्रेन्टफोर्डबीच फाइनल प्रवेशका लागि खेल हुनेछ ।

Click to comment

Trending