Headline

एसेन्सियोको आक्रमणले प्रेरित रियलको महत्वपूर्ण जित

Published

on

सब्स्टिच्युट मार्को एसेन्सियोले आक्रमक खेल पस्कदै खेलको रँग नै परिवर्तन गरेपछि रियल म्याड्रिड ग्रानडालाई २–० ले हराउदै स्पेनिस ला लिगामा शिर्ष स्थानको एट्लेटिको म्याड्रिडमाथि दवाब कायम राख्न सफल भएको छ ।

अल्फ्रेडो डे स्टिफानो रँगशालामा बुधबार राति भएको खेलमा एसेन्सियोले कासिमिरोको लागि असिस्ट गर्दै रियलले ५७ औं मिनेटमा अग्रता लिएको थियो । त्यसअघि एसेन्सियाको प्रहार पोस्टमा लागेको थियो । ग्रानडाले बराबरीको लागि डिफेन्समा त्यति ध्यान दिन नसक्दा करिम बेन्जेमाले रियलका लागि दोश्रो गोल गरे ।

लगातार पाचौं जितपछि रियल र एट्लेटिकोको समान ३२ अंक रहेको छ । दुई खेल कम खेलेको एट्लेटिको गोल अन्तरको आधारमा अगाडी रहेको छ । दुवै टोली तेश्रोमा रहेको रियल सोसिडाड र चौथो स्थानको भिलारियालसँग ६ अंकको दुरीमा रहेका छन् । बार्सिलोनाको १४ खेलबाट २४ अंक रहेको छ ।

“हामी जसरी खेलिरहेको छौं त्यसलाई लिएर खुशी हुन आवश्यक छ,” सिजनको शुरुवात खराब भइसकेपछि पछिल्लो तीन साता रियललाई परिवर्तन सफल भएका प्रशिक्षक जिनेदिन जिदानले भने ।

Click to comment

Trending