Headline

युवा क्रिकेटर कुशलसँगै करण र सोमपाल टि–टेन लिगमा

Published

on

नेपाली राष्ट्रिय युवा टोलीका सबैभन्दा कान्छा सदस्य कुशल मल्लसँगै तिब्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी अबु धाबी टि–टेन लिगका लागि छानिएका छन् ।

बुधबार राति युएईमा भएको ड्राफ्टमा कुशल र करण पहिलो पटक बिदेशी फ्रान्चाइज लिगका लागि छानिए भने सोमपालको दोश्रो हुनेछ । १० ओभरको टि–टेन लिग जनवरी २८ देखि फेब्रुवरी ६ सम्म युएईको अबु धाबीमा हुनेछ ।

कुशललाई राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का मेन्टर रहेको टोली टिम आबु धाबीले लिएको हो भने सोमपाललाई मराठा अरेबियन्स र करणलाई पुणे डेभिल्सले लिएको हो । सोमपालले यसअघि क्यानडामा ग्लोबल ट्वान्टी–ट्वाटी च्यालेन्ज खेलिसकेका छन् ।

टि–टेन लिगमा पारसले अघिल्लो सिजन अबु धाबीका लागि खेलेका थिए भने सन्दिपले पनि उक्त प्रतियोगिता खेलिसकेका छन् ।

बाङ्गला टाइगर्स, दिल्ली बुल्स, नर्दन वारियर्स, डेक्कन ग्लेडियेटर्स र कलन्दर्स टि टेन लिगका अन्य पाँच टोली हुन् ।

Click to comment

Trending