Headline

ओरालो लागेको मृग भयो युभेन्टस

Published

on

मङ्गलवार लगातार ९ पटकको इटालियन सिरी आ डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसको लागि साच्चिकै बिर्सनलायक दिन थियो । १५ औं स्थानमा रहेको फियोरेन्टिाबिरुद्ध युभेन्टस ३–० ले स्तब्ध त भयो नै तर त्यस अघि नै उसको लागि दिनको शुरुवात खराब भइसकेको थियो ।

इटालियन लिगमा मङ्गलवार फियोरेन्टिनासँग खेल्नु अघि युभेन्टसको २७ अंक थियो । युभेन्टस फियोरेन्टिनासँग पराजित भयो तर उसको अंक तालिकामा २४ अंक देखाइयो ।

के हारका कारण तीन अंक काटियो त ?

होइन ।

अक्टोबर ४ मा कोरोना भाइरसको संक्रमण बढेपछि नापोली युभेन्टसको घरेलु मैदान टुरिनमा जान असफल भएको थियो । नापोली खेल्न उपस्थित हुन नसक्दा इटालीयन लिगले उक्त खेलको परिणाम ३–० ले युभेन्टसको को पक्षमा दिएको थियो । यसबाहेक नापालीको लिगमा एक अंक पनि काटिएको थियो ।

नापोलीले यो निर्णयबिरुद्ध इटाली ओलम्पिक कमिटीमा अपिल गर्दै उक्त खेल फेरि खेलाइनुपर्ने माग गरेको थियो । मङ्गलवार युभेन्टसले खेल्नु अघि इटाली ओलम्पिक कमिटीले नापोलीको पक्षमा निर्णय गर्दै युभेन्टसको तीन अंक खोसेको थियो भने अर्को मिति तय गर्न पनि इटालीयन लिगलाई निदेर्शन दिएको थियो ।

एक त पाएको अंक पनि गुमाएको आक्रोश, त्यसमाथि लिगको सानो टिमसँग भोगेको लज्जास्पद पराजय, युभेन्टस साच्चिकै बुधबार एक दिनको मृग भएको थियो जसलाई फियोरेन्टिनाले पनि खेदेर भिरबाट नै खसाली दियो ।  यो सिजन निकै सुस्त शुरुवात गरेको युभेन्टस २४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

मङ्गलवारको हार बाहेक युभेन्टसले ६ वटा बराबरी पनि खेलिसकेको छ । सिरी आ मा दुई मिलान क्लब शिर्ष दुई स्थानमा रहेका छन् ।

Click to comment

Trending