Headline

रोनाल्डोले समर्थकहरुसँग खराब प्रदर्शनका कारण माफी मागे

Published

on

फियोरेन्टिनासँग मङ्गलवार व्यहोरेको ३–० को हारलाई यो सिजनकै खराब प्रदर्शन भन्दै पोर्चुगिज सुपर स्टार क्रिष्चियानो रोनाल्डो र लियोनार्डो बोनुच्चीले युभेन्टसका समर्थकहरुसँग माफी मागेका छन् ।

अलायन्ज स्टेडियममा नराम्रो हारको सामना गर्दा ९ पटकको डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसले यो सिजनकै पहिलो हार ब्यहोरेको थियो । १५ मिनेटपछि नै हवान क्वाड्राडोलाई गुमाएपछि युभेन्टसले अधिकांश समय १० जनामा सिमित भएर खेलेको थियो ।

“यो युभेन्टस यो सिजन सबैभन्दा खराब रहेको दिन थियो । म समर्थकहरुसँग माफी माग्न चाहन्छु । यो बाहेक भन्नलाई अरु केही छैन,” बोनुच्चीले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेका छन् । यो सिजन आफूले गरेका १२ गोलमा थप गर्न नसक्दा रोनाल्डोले यो प्रदर्शनलाई अस्विकार्य भन्दै आक्रोश पोखेका थिए ।

“हिजो, खराब प्रदर्शन र अस्विकार्य परिणामका साथ धेरै कारणले बिशेष रहेको २०२० को निर्धारित खेलहरु हामीले समाप्त गरेका छौं,” रोनाल्डोले आफ्नै टोलीमाथि व्यङ्गय गर्दै भनेका छन् ।

“खाली रँगशाला, कोभिड प्रोटोकोल, स्थगित खेलहरु, लामो स्टपेज टाइम र निकै व्यस्त तालिका । तर यहा कुनै पनि बहाना चल्दैन । हामीलाई थाहा छ राम्रो खेल्न र एकै सरहको प्रदर्शन गर्दै जित निकाल्न हामीले आफूले सक्ने भन्दा धेरै दिनु पर्छ । हामी युभेन्टस हौं र हाम्रो लागि उत्कृष्टता बाहेक अरु कुनै कुरा स्विकार्य हुदैन,” रोनाल्डोले भने ।

Click to comment

Trending