Headline

बि डिभिजन पुन: सुचारु गराउन एन्फाले गर्‍यो क्लबहरुसँग बैठक

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७६ चैत्र ५ देखी रोकिएको बि डिभिजनका खेलहरु २०२१ फेब्रुअरी २३ देखी पुन: सुचारु गर्ने बिषयमा आज क्लबहरुसँग बैठक बसेको छ ।

कोरोना भाईरसको महमारीलाई ध्यानमा राख्दै एन्फाले बि डिभिजनको खेलहरु रोक्ने निर्णय गरेको थियो । बि डिभिजनका क्लबहरुलाई एन्फाले एएफसी र फिफाको प्रोकोटल बारे बुझाएको थियो भने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव ईन्द्रमान तुलाधरले क्लबका प्रतिनिधिको प्रश्नको जवाफ दिएका थिए ।

यो बिषयमा क्लबहरु पनि निकै स्करात्मक देखिएका छन् र लिग पनि चाँडैनै सुचारु हुने लक्ष्य राखिएको छ ।

लामो समय देखी लिग रोकिएका पछि एन्फा र क्लबहरुले लिगलाई सुचारु गराउने बारे छलफल गरेको हो । बैठकमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रविन्द्र जोशी, लिग समितिका संयोजक विज्ञानराज शर्मा , लिगका निर्देशक सञ्जिव मिश्र र अन्य एन्फा पदाधिकारीको उपस्थिति रहेको एन्फाले जनाएको छ ।

Click to comment

Trending