Headline

किन भारतीय समर्थक नै विराट कोहलीलाई घृणा गर्दछन् ?

Published

on

भारत यस्तो क्रिकेटिङ्ग राष्ट्र हो जहाँ एक से एक ब्याट्सम्यानले जन्म लिने गर्दछन् । सचिन तेन्दुलकर, सुनिल गाभस्कर, राहुल द्रविड जस्ता ब्याट्सम्यानले भारतलाई सिँगो क्रिकेटलाई नै उचाइमा पुर्याए । पछिल्लो
समय भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले यस्तो प्रदर्शन दिदै आइरहेका छन्, जुन प्रदर्शन हेर्दा उनले सचिनको थुप्रै किर्तिमान भंग गर्ने देखिन्छ र गरिरहेका पनि छन् ।

उनको समर्थक विश्वका बिभिन्न कुनामा रहेका छन् । अष्ट्रेलियामा कोहलीलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ । तर अचम्म लाग्न सक्छ कि धेरै भारतीय समर्थकहरु नै कोहलीलाई मन पराउदैनन् र सामाजिक सञ्जालै गाली गर्ने गरिआफ्नो घृणा पनि व्यक्त गरिरहेका हुन्छन् ।

कारण के हो त ?

१. भारतीय खेलाडीलाई नै स्लेजिङ गर्नु
कोहली यस्ता खेलाडी हुन् जो हर समय खेलमा सामेल हुन खोज्छन् । चाहे आफुले ब्याटिङ गर्दा होस या फिल्डिङ्ग गर्दा । उनी प्रत्येक समय आफ्नो बलहरुसँग कुरा गर्न पनि रुचाउँछन् । त्यति मात्र नभएर उनी अन्य टोलीका खेलाडीलाई चिढाउन र स्लेजिङ गर्न पनि पछि पर्दैनन् । प्राय दुई देशबीच खेल्दा यस्ता घटना देखिने गरे पनि फ्रेन्चाइज क्रिकेटमा क्रिकेटरहरुको यो आक्रमक रवैया कमै देखिन्छ ।

तर कोहली इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि स्लेजिङ गर्न पछि पर्दैनन् । सन् २०१३ मा कोहलीको गौतम गम्भीरसँग नराम्रो झगडा नै परेको थियो । यसको परिणाम अहिले पनि गम्भिरले कोहलीलाई हटाएर रोहित शर्मा भारतको कप्तान बन्दा उचित हुने भन्ने दिदै आइरहेको अन्तर्वाता हो । हालै युएईमा सम्पन्न आईपीएलमा मनिष पाण्डे र सुर्यकुमार यादवलाई पनि उनले आफ्नो आक्रमक रुपले डोमिनेट गर्न खोजेका थिए ।

२. उपाधि जित्न नसक्नु
कोहलीले लगातार आठ बर्ष देखि रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी सम्हाल्दै आएका छन् तर उनले एउटा पनि उपाधि आफ्नो फ्रेन्चाइजलाई दिलाउन सकेका छैनन् ।

उनको कप्तानीमा भारतले सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २०१९ को विश्वकप खेले पनि उपाधि बिहिन बन्न पुग्यो । च्याम्पियन्स ट्रफीमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानसँग १८० रनको लज्जास्पद हारको सामना गरेको थियो भने विश्वकप सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

मुम्बई इन्डियन्सका कप्तान रोहितले आफ्नो फ्रेन्चाइजलाई पाँच पटक उपाधि दिलाएका कारण धेरैले कोहलीलाई कप्तानीबाट हटाएर शर्मालाई कप्तानी दिन पर्ने धारणा राख्न थालेका छन् ।

३. भारतीय तरिका भन्दा भिन्न
कोहली आक्रमक कप्तान हुन् । तर भारतका पुर्व कप्तानहरु सचिन तेन्दुलकर, राहुल द्रविड र महेन्द्र सिंह धोनीसँगै रोहित शर्मा नम्र स्वभावका खेलाडी र कप्तान हुन् । भारतीयहरु आफ्नो देशका मानिसहरु नम्र स्वभावका रहेको मान्छन् । यसै कारण उनीहरु कोहलीले आफ्नो देशका मानिसहरु जस्तै नम्र नभएको आरोप लगाउने गरेका छन् । धेरै समर्थक त कोहलीलाई भारतीय जर्सीमा अष्ट्रेलियन खेलाडी मैदान उत्रिरहेको आरोप समेत लगाउन थालेका छन् ।

४. धेरै समर्थकहरुको प्रिय ब्याट्सम्यानको भन्दा कोहलीको प्रदर्शन राम्रो
कोहली अहिलेको पुस्ताका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् भन्नेमा कुरामा कुनै द्विविधा छैन । चाहे टेस्ट होस्, एकदिवसीय अथवा ट्वान्टी ट्वान्टी, कोहलीको ब्याटबाट सधैं रन बन्ने गर्दछ ।

कोहलीले सबै ढांचामा गरेर २२ हजार भन्दा धेरै रन बनाइसकेका छन् भने आफ्नो नाममा ७० शतक लेखाइसकेका छन् । सचिनको १०० शतकबाट उनी मात्र ३० शतक टाढा छन् भने एकदिवसीयमा छ शतक मात्रा टाढा छन् ।

भारतीय समर्थकहरुले पछिल्लो समय धेरै ब्याट्सम्यानहरुलाई समर्थन गर्दै आइरहेका छन् । जुन किसिमले कोहलीले रन बनाउने गर्दछन् त्यो देख्दा दर्शकहरुले मन पराएका खेलाडी भन्दा राम्रो भएकै कारण पनि उनलाई
नरुचाउनेहरुको संख्या थुप्रै छ ।

५. घमण्डी
भारतीय समर्थकहरु कोहलीलाई घमण्डी खेलाडीका रुपमा हेर्ने गर्दछन् । भारतलाई सन् २००८ को अण्डर–१९ विश्वकप जिताएका कोहलीले सानै उमेरमा भारतीय टोलीबाट खेल्ने मौका पाए ।

तर जस्तो व्यवहार कोहलीले मैदानमा देखाउने गर्दछन् त्यो हेर्दा सबै समर्थक उनलाई घमण्डी भन्ने गर्दछन् । त्यस माथि कोहलीको ट्याटु र उनले कानमा लगाउने मुन्द्राका कारण पनि समर्थकहरुले हेर्ने नजर नै अर्कै छ ।

Click to comment

Trending