Headline

फियोरेन्टिनासँग युभेन्टसको नमिठो हार

Published

on

सिरी आ अन्तरग्त हिजो भएको खेलमा साविक बिजेता युभेन्टस फियोरेन्टिनासँग ३-० ले पराजित भएको छ । फियोरेन्टिनासँग पराजित भएको युभेन्टसको यो लिगमा पहिलो हार पनि हो ।

युभेन्टसलाई हराउने क्रममा फियोरेन्टिनाका लागि युसान भ्लाहोभिक र मार्टिन कासेरेसले एक-एक गोल गरेका थिए भने अर्को गोल युभेन्टसका खेलाडीले आत्मघातिक गरेका थिए । खेलको तेस्रो मिनेटमा नै भ्लाहोभिकको गोलबाट फियोरेन्टिनाले अग्रता लिएको थियो । उनले फ्रांन्क रिवरीको पासमा गोल गर्दै एक गोलको अग्रता दिलाएका थिए ।

जुवान क्वारड्राडोले गेयिटानो कास्ट्रोभेल्लीलाई फल गरेका कारण रातो कार्ड खान पुगे पछि युभेन्टस १८ औँ मिनेटमै १० खेलाडीमा सिमित हुन पुगेको थियो । पहिलो हाफमा १-० ले पछि परे पनि पूर्ण खेलमा आफ्नो लयमा रहेको युभेन्टसले गोल भने गर्न सकेन ।

दोस्रो हाफको ७६ औँ मिनेटमा भने युभेन्टसका एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टसए जितको आशा गुमाएको थियो । त्यो गोलको पाँच मिनेट पनि नबित्दै फियोरेन्टिनाले अर्को गोल थपेको थियो । ८१ औँ मिनेटमा बिराघीकै पासमा मार्टिन कासेरेसले गोल गर्दै फियोरेन्टिनालाई ३-० को सहज जित दिलाएका थिए ।

यो हारसँगै युभेन्टसको १३ खेलबाट २४ अंक छ । फियोरेन्टिना भने १४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

Click to comment

Trending