Headline

आर्सनललाई चार गोल चखाउदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

Published

on

आर्सनललाई ४-१ ले हराउदै डिफेन्डिन्ङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिन्स लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एमिरेट्समा पराजित हुने क्रममा आर्सनलले सिटीको चार गोल खान पुग्यो । सिटीका लागि गाब्रियल जेसस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरेका थिए । घरेलु टोलीका एलेसान्दर लाकाजेटले गरेका थिए ।

खेलको तेस्रो मिनेटमै ओलेक्सान्डर जिनचेन्कोको पासमा गब्रियल जेससले गोल गर्दै सिटीलाई एक गोलको अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा भने आर्सनलले गोल फर्कायो । लाकाजेटले गाब्रियल मार्टिनेलीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफमा सिटीको दवाबलाई झेलेको आर्सनलले दोस्रो हाफमा भने तीन गोल अरु खान पुग्यो ।

५५औँ मिनेटमा सिटीका लागि रियाद महारेजले गोल गर्दै खेलमा २–१ को आग्रता दिलाएका थिए । ५९ औँ मिनेटमा फर्नाडिन्होको पासमा फोडेनले गोल गर्दै सिटीलाई ३-१ को स्थितीमा पुर्याए । यस्तै ७३ औँ मिनेटमा भने फिल फोडेनको पासमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाएका थिए ।

यस्तै अर्को क्वार्टरफाइनल खेलमा भने न्युकासल युनाइटेड च्याम्पियन्ससिप क्लब ब्रेन्टफोर्डसँग १–० ले पराजित भएको छ ।

अन्य दुई क्वाटरफाइनलहरुमा आज राति स्टोक सिटी र टोटेनहम तथा एभर्टन र म्यानचेस्टर युनाइटेड खेल्दै छन् ।

Click to comment

Trending