Headline

अर्जेन्टिनी सुपरस्टार मेस्सीले तोडे पेलेको किर्तिमान

Published

on

लियोनल मेस्सीले एकै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने किर्तिमान तोडेको दिन बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को शान्दार जित रचेको छ ।

अवे खेलमा टोलीका लागि ६५ औं मिनेटमा तेश्रो गोल गर्दै मेस्सीले पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि गरेको ६ सय ४३ गोलको किर्तिमान तोडेका हन् । २१ औं मिनेटमा क्लेमेन लेँगलेटको गोल मार्फत अग्रता लिएको बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले ३५ औं मिनेटमा दोश्रो गोल गरेका थिए ।

पछिल्लो चार खेलमा तीनमा जित हात पारेको बार्सिलोना ला लिगाको अंक तालिकामा १४ खेलबाट २४ अंकका साथ पाचौं स्थानमा कायमै रहेको छ । शिर्ष स्थानमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २–० ले हराउदै तीन अंकको अग्रता बनायो ।

दोश्रो स्थानमा रहेको रियल म्याड्रिडको २९ अंक छ भने उसले एक खेल बढी खेलेको छ । अंक तालिकामा केही समय शिर्ष स्थानमा रहेको सोसिडाड भने २६ अंक साथ तेश्रो स्थानमा रहेको छ । सोसिडाडले १६ खेल खेलिसकेको छ । चौथो स्थानको भिलारियालको पनि समान २६ अंक छ ।

एट्लेटिकाको जितमा मारियो हर्मोसो र मार्कोस लोरेन्टेले गोल गरेका थिए । सोमबार नै भएका अन्य खेलमा हवेस्काले लेभान्टेसँग र एथ्लेटिक बिल्बाओले भिलारियालसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।

Click to comment

Trending