Headline

स्पोर्टस अवार्डलाई टर्किस एयरलाइन्सको साथ

Published

on

नेपालकै प्रतिष्ठित खेलकुद पुरस्कार पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्स पनि जोडिएको छ ।

स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग यो लगातार दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एक बर्षे सम्झौता अनुरुप पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष खेलाडी परुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । यो एयरलाइन्स पुग्ने विश्वको जुन सुकै गन्तव्यका लागि हुनेछ । कार्यक्रममा महाप्रवन्धक केसीसीले खेलाडी र युवाहरुको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चको कार्यक्रमको सराहना गरेका थिए ।

अवार्ड कार्यक्रम पौष २८ गते हुनेछ । यो संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन समेत सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् ।

उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

Click to comment

Trending