Headline

हेटौंडा गोल्डकप माघ ८ देखी गर्न तयारी सुरु

Published

on

हेटौंडामा रहेको एफसी विजय यूथको आयोजनामा हेटौंडामा ‘विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी माघ ८ गतेदेखि १७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको छ ।

कोरोना भाइरस (कोभिड १९) र लकडाउनका कारण लामो समयदेखि रोकिएको फुटबलको गतिविधिलाई निरन्तरता दिन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । ‘खेलकुदको गतिविधिमा खडेरी परेको अवस्था छ । धेरै खेलाडीहरु पलायन हुने स्थितिमा पुगिसकेका छन्’, आयोजक एफसी विजय यूथका अध्यक्ष सुदिप राजबाहकले भने, “मकवानपुरको ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिताहरु भैरहेको भएपनि हेटौंडामा भने हुन सकेको छैन, त्यसलाई तोड्न यो प्रतियोगिता गर्न लागेका हौं ।” हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

विजय यूथ हेटौंडा गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफी प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । “हामीले तयारीलाई तीव्रताका साथ अघि बढाएका छौं । यहाँका स्थानीय तह र विभिन्न संघसंस्थाबाट सहयोग हुने आश्वासन पाएका छौं”, अध्यक्ष राजबाहकले थपे, “जिल्लामा फुटबललाई फेरि सुरु गर्नका लागि आयोजना गर्न लागिएको प्रतियोगिताको लागि सबैबाट सकारात्मक सहयोग हुने अपेक्षा लिएका छौं ।” प्रायोजन, सहप्रायोजन तथा सहयोगीको खोजी भैरहेको छ ।

प्रतियोगितामा मकवानपुरको दुई टिमको सहभागिता रहनेछ भने बाहिरी जिल्लाका ८ गरी १० टिमको सहभागिता रहनेछ । मकवानपुरबाट विजय यूथ क्लव र मकवानपुर ११ सहभागी हुनेछन् । छिमेकी जिल्ला र केही ए डिभिजन टिमले समेत सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जानकारी दिएको छ ।

Click to comment

Trending