Headline

पाकिस्तानको न्युजिल्याण्डमाथि रोमाञ्चक जितमा रिजवानको उत्कृष्ट इनिङ्गस

Published

on

पाकिस्तानले न्युजिल्याण्डलाई तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टीअन्तर्राष्ट्रियमा पराजित गर्दै तीन म्याचको श्रृंखलामा सान्त्वना जित हात पारेको छ ।

न्युजिल्याण्डले यसअघि नै दुई खेल जित्दै श्रृंखला आफ्नो पक्षमा पारिसकेको थियो । नेपियरमा टस हारी पहिलो ब्याटिङ्ग गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ७३ रन बनायो । जवाफमा
ओपनर मोहम्मद रिजवानले उत्कृष्ट इनिङ्गस खेलेपछि पाकिस्तानले दुई बल बाकी हुदा ६ विकेटको क्षतिमा १ सय ७७ रन बनायो ।

अन्तिम १२ बलमा ११ रन चाहिएको अवस्थानमा रिजवानसहित पाकिस्तानले तीन विकेट गुमाएको थियो । तर काइल जेमिसनले फ्याकेको अन्तिम ओभरको चौथो ओभरमा इफ्तिखार अहमदले छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।

पाहुना टोलीका लागि जितको आधार रिजवानले खडा गरेका थिए । उनले पहिलो विकेटका लागि हैदर अलिसँग ४० र दोश्रो विकेटका लागि मोहम्मद हफिजसँग महत्वपूर्ण ७८ रनको साझेदारी गरेका थिए ।

रिजवानले ५९ बलमा १० चौका र तीन छक्काको मद्दतमा ८९ रन बनाए भने यसअघिको खेलमा ९९ रन बनाएका हफिजले २९ बलमा ४१ रनको योगदान दिए । हफिजले तीन छक्का र दुई चौका प्रहार गरेका थिए । न्युजिल्याण्डका लागि टिम साउदी र स्कट कुगेलेजिनले समान दुई विकेट लिएका थिए ।

यसअघि टिम सिफर्टले आफ्नो फर्मलाई कायम राख्दै २० बलमा ३५ रन बनाए पनि न्युजिल्याण्डले ५८ रनमा तीन विकेट गुमाउन पुगेको थियो । डेभोन कन्वे र ग्लेन फिलिप्स (३१) ले ५१ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई
सम्हालेका थिए ।

कन्वेले ४५ बलमा ६३ रन बनाउदै सात चौका र एक छक्का प्रहार गरे । सिफर्टले तीन छक्का र दुई चौका प्रहार गरेका थिए । पाकिस्तानका लागि फहिम असरफले तीन विकेट लिए भने शहिन शाह अफ्रिदी र हरिस रउफले पनि दुई–दुई विकेट लिएका थिए ।

 

Click to comment

Trending