Headline

आर्मीले पायो एएफसी क्लब लाइसेन्स

Published

on

२०७६ सालको लिग उपबिजेता टोली त्रिभुवन आर्मी क्लबले एएफसीको क्लब लाईसेन्स पाएकाे छ । एएफसीको क्लब लाइसेन्सिङको मापदण्डहरु पुरा गरेसँगै आर्मीले लाइसेन्स पाएको हो ।

नेपालबाट एन्फाले २०२१ का लागी १३ क्लबहरुलाई एएफसीमा लाइसेन्सिङ प्रकृयाको लागि पठाए पनि सबै क्लबलाई अयोग्य ठहर गर्दै लाइसेन्स नदिने बताएको थियो ।

तर एएफसीले आर्मीले लाइसेन्सिङको लागि गरेको प्रक्रियाको प्रशंसा गरेको थियो । एएफसीले आर्मीलाई फुटबलको छुट्टै विधान बनाउदै फुटबल कल्बको रुपमा दर्ता गर्न भनेको थियो । पुर्ण फुटबल क्लब जस्तै मापदण्ड पुरा भएसंगै आर्मीलाई एन्फाले लाइसेन्स दिने निर्णय गरेको छ ।

लाइसेन्स पाएसँगै त्रिभुवन आर्मी क्लब नेपालबाट यो सिजन एएफसी लाइसेन्स पाउने पहिलो क्लब बनेको छ ।

Click to comment

Trending