Headline

बिपक्षीलाई थुकेपछि थुरामलाई ६ म्याचको प्रतिबन्ध

Published

on

बोरुसिया मोइचेनग्ल्याडब्याचका फर्वार्ड मार्कस थुरामलाई जर्मन बुन्डेसलिगा दौरान बिपक्षीलाई थुकेपछि जर्मन फुटबल संघले ६ खेलको प्रतिबन्ध लगाएको छ ।

२३ बर्षिय थुरामलाई होफेन्हाइमबिरुद्ध २–१ ले पराजित भएको खेलमा रेड कार्ड दिइएको थियो । उनलाई ४० हजार जरिवान पनि गरिएको छ ।

भिडियो रिप्लेमा हेर्दा फ्रान्सका सन् १९९८ बिश्वकप बिजेता लिलियन थुरामका छोरा मार्कसले डिफेन्डर स्टेफन पोस्चको मुखमा थुकेको देखिएको थियो । उनलाई क्लबले एक महिनाको तलब पनि कटौति गरिदिएको छ । जर्मन पत्रिका बिल्डका अनुसार थुरामको १ लाख ३६ हजार २ सय पाउण्डसम्मको तलब कटौति हुनेछ । सबै पैसा च्यारिटीलाई जानेछ ।

“मार्कसले आफ्नो गल्ति स्विकारिसकेका छन् र आफै यो सामाजिक कार्यमा संलग्न हुने पनि बताएका छन् । उनी राम्रो व्यक्ति हुन् र आवेशमा आफ्नो नियन्त्रण गुमाउन पुग्दा मात्र यस्तो गर्न पुगेका हुन्,” ग्ल्याडब्याचका स्पोर्टिङ्ग डिरेक्टर म्याक एबेर्लले भने ।

थुरामलाई ७८ औं मिनेटमा मैदानबाहिर पठाइदा स्कोर १–१ रहेको थियो भने होफेन्हाइमले अन्तिम समयमा बिजयी गोल गरेको थियो । “यो मेरो चरित्र नै होइन र अब कहिल्यै पनि यस्तो घटना दोहोरिनु हुन्न । म सबैसँग माफि माग्न चाहन्छु र यसको परिणामको सामना गर्नेछु,” थुरामले भने ।

Click to comment

Trending