Headline

बर्नलीसँग वुल्भ्स पराजित, चेल्सीले वेष्ट ह्यामलाई हरायो

Published

on

लगतार दोस्रो जित निकाल्ने क्रममा बर्नलीले वुल्भ्सलाई आफ्नो घरमा २-१ ले हराएको छ । बर्नलीका लागि टर्फ मोरमा भएको खेलमा एस्ली बार्नेस र क्रिस वुड्सले गोल गरेका थिए भने । वुल्भ्सका लागि पेनाल्टी मार्फत फाबियो सिल्भाले सन्त्वना गोल फर्काएका थिए ।

बर्नलीका लागि ३५ औँ मिनेटमा बार्नेसले गोल गरेका थिए । पहिलो हाफमा वुल्भ्सलाई पूर्ण दवाबमा राखेको बार्नलीले १-० को अग्रता लिएको थियो । दोस्रो हाफको ५१ औँ मिनेटमा बर्नलीले दोस्रो गोल गरेको थियो । बर्नलीका लागि यो पटक भने क्रिस वुड्सले दोस्रो गोल गरेका थिए ।

दोस्रो हाफमा पनि धेरै मौका बनाएको वुल्भ्सका लागि बर्नलीका गोलरक्षक निक पोप नायक बन्न पुगे तर ८९ औँ मिनेटमा भने वुल्भ्सले एक गोल फर्काएको थियो । फाबियो सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाए पछी पाएको पेनाल्टीलाई सिल्भाले नै गोल गरेका थिए । अन्तिममा एक गोल गरे पनि वुल्भ्सले हार टार्न भने सकेन ।

यस्तै अर्को खेलमा चेल्सीले लनडन डर्बीमा वेष्ट ह्यामलाई ३-० ले हराएको छ । चेल्सीको घर स्टामफोर्ड ब्रिजमा भएको खेलमा ट्यामी अब्राहमले दुई गोल गरेका थिए भने एक गोल थियागो सिल्भाले गरेका थिए ।

चेल्सीका लागि खेलमा पहिलो गोल १० औँ मिनेटमा थियागो सिल्भाले गरेका थिए । म्यासन माउन्टले प्रहार गरेको कर्नरलाई दिशा दिदै सिल्भाले गोल गरेका थिए । चेल्सीले पहिलो हाफमा वेष्ट ह्याम माथि राम्रो खेल देखाएको थियो ।

चेल्सीले दोस्रो हाफको ७८ औँ मिनेटमा भने दोस्रो गोल गर्‍यो । दोस्रो गोलका लागि टिमो वर्नरले दिएको पासको सदुपयोग गर्दै अब्राहमले गोल गरेका थिए । त्यको दुई मिनेट नबित्दै अब्रहामले दोस्रो गोल गरे । म्यासन माउन्टको क्रसलाई वेष्ट ह्यामका गोलरक्षक लुइस फाबियान्स्कीले बचाए पनि रिबाउन्डमा अब्राहमले गोल गरेका थिए ।

जितसँगै चेल्सी २५ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । पहिलोमा लिभरपुल ३१ अंकका साथ्, दोस्रो मा लेस्टर सिटी र तेस्रोमा म्यानचेस्टर युनाइटेड रहेका छन् ।

Click to comment

Trending