राष्ट्रिय

पिएम कपको खेल तालिका सार्वजनिक

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्रि कप महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिता दाङको लमहीमा यहि पुष ११ गते देखि संचालन हुनेछ । सात प्रदेश र एक विभागीय टोली एपीएफ सम्मिलित प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश दुई बीचमा हुनेछ ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । प्रत्येक टोलीले आफ्नो समुहमा रहेको सबै टोली विरुद्ध एक आपसमा भिड्ने छन् । आफ्नो समुहका विजेता र उपविजेताले सेमी-फाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

ट्वान्टी ट्वान्टी ढाँचामा खेलाइने प्रतियोगिताको फाइनल खेल पुष १९ हुनेछ।

त्यस्तै क्यानले महिलाको प्रधानमन्त्रि कप सक्काए पछि पुरुषको पनि आयोजना गर्ने जनाएको छ।

पिएम कपको खेल तालिका

Click to comment

Trending