Headline

झापालाई प्रदेश १ छनोटको उपाधि

Published

on

प्रधानमन्त्रि कप महिला क्रिकेट प्रतियोगिताका लागि भएको प्रदेश एकको छनोट खेलको फाइनलमा मोरङलाई नौं विकेटले पराजित गर्दै झापाले उपाधि चुमेको छ।

टुर्केनी क्रिकेट मैदानमा भएको खेलमा झापा ५३ रनको लक्ष्य पाएको झापाले ८.१ ओभर खेल्दै एक विकेटको नोक्सानीमा जित हात पारेको हो।

झापाको जितमा काजोल श्रेष्ठले तीन चौकाको साथ २३ बलमा अविजित २२ रन बनाइन भने हकिता राजबंशी दुई २ रन अविजित रहिन अर्की ब्याट्सवोमन रोमा श्रेष्ठ २० रन बनाउँदै रन आउट हुन पुगेकी थिइन ।यस

अघि टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको मोरङले २२ दशमलब दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाउदै ५२ रन मात्र बनाउन सक्यो ।

मोरङका लागि सलीना तमाङले १० र राधिका श्रेष्ठले १५ रन बनाउनुका साथै अन्य ब्याट्सवोमनहरुले दोहोरो अंक छुनसकेका थिएनन् ।

 

गण्डकी महिला टोली घोषणा

गण्डकी प्रदेशिक क्रिकेट संघले पुष ११ देखी दाङमा सुरु हुने महिला प्रधानमन्त्री कप क्रिकेटका लागि टोलीको घोषणा गरेको छ । गण्डकी प्रदेशिक क्रिकेट संघले शिला रेग्मीको कप्तानीमा १३ सदस्य टोलीको घोषणा गरेको हो । गण्डकी टोलीको प्रशिक्षकको जिम्मा गोविन्द प्रधानले पाएका छन् ।

गण्डकी महिला क्रिकेट टोली: शिला रेग्मी(कप्तान),सिमना केसी(उपकप्तान),अलिशा लामिछाने,श्रिष्टी पौडेल,स्रिजना पौडेल,ज्योत्स्निका मरासिनी,सोनिया थापा,पूर्णता शाही,पर्मिला बानिया,गंगा लुएली,कुसुम गोदार,अन्जली बिक,अम्रिता वाग्ले,बिन्दु थापा मगर । यस्तै रिजर्भ खेलाडीमा भने सारीका गुरुङ,प्रतिमा बनिया,प्रतिक्षा सुवेदी र निश्मा गुरुङ रहेकी छिन् ।

Click to comment

Trending