Headline

प्रिमियर लिगमा आज चेल्सी र वेष्ट ह्याम भिड्दै

Published

on

प्रिमियर लिगको १४ औँ चरणको अन्तिम खेलमा आज चेल्सीले वेष्ट ह्याम विरुद्ध खेल्दै छ । लन्डन डर्बीमा चेल्सीले वेष्ट ह्यामसँग आफ्नो घर स्टामफोर्ड ब्रिजमा खेल्ने छ ।

अघिल्लो सिजन १-० ले घरमा पराजित भए पछी पछिल्ला १५ खेलहरुमा एक खेलमा वेष्ट ह्यामसँग पराजित भएको चेल्सीले आज हुने खेलमा वेष्ट ह्यामलाई हराउन सकेमा पाँचौ स्थानमा उक्लिने छ । फ्रान्क लामपार्डले चेल्सीको प्रशिक्षकको पदभार गरे देखी वेष्ट ह्यामसँग एक खेल पनि जित्न सकेका छैनन् । अघिल्लो सिजन होम र अवेमा दुवै खेलमा वेष्ट ह्यामसँग पराजित भएको चेल्सी यो सिजन भने त्यो नतिजा दोहराउन चाहदैन ।

चेल्सीका लागि यो खेलमा युवा राइट-ब्याक रीएस जेम्सले घुँडाको चोट बोकेको कारणले खेल गुमाउने प्रसस्त सम्भावना छ भने अर्का खेलाडी हकिम जियाच र क्यालुम हड्सन ओडोइलाई पनि ह्यामस्टरिङ्गको चोटको कारण यो खेलमा खेल्ने वा नखेल्ने लामपार्डले खुलाएका छैनन् ।

लगतार प्रिमियर लिगको खेलहरु भैरख्दा आफ्नो खेलाडीहरुलाई चोटले धेरै सताइरहेको प्रशिक्षक लामपार्डले बताएका छन् ।

यता वेष्ट ह्याम भने लिगका पहिलो खेलहरुमा राम्रो प्रदर्शन गर्न नसके पनि लिगका बिचको खेलहरुमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । वेष्ट ह्यामको २१ अंक रहेको छ भने यो खेल जितेको खण्डमा वेष्ट ह्याम सिधै पाँचौ स्थानमा उक्लिने छ । चेल्सीले यो खेल हार्ने हो भने अंक तालिकामा निकै तल झर्ने छ ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा बर्नली र वुल्भ्स भिड्दै छन् । यो खेल भने ११:४५ मा सुरु हुने छ ।

Click to comment

Trending