Headline

बेन्जेमाले उच्च लय कायम राख्दा रियल शिर्षको होडबाजीमा कायमै

Published

on

करिम बेन्जेमाले आफ्नो उच्च लयलाई कायम राखेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा लगातार चौथो जित रच्दै अंक तालिकामा शिर्ष स्थानको होडबाजीमा कायमै रहेको छ ।

बेन्जेमाले एक गोल गर्नुका साथै अर्कोमा असिस्ट गरेपछि रियलले आइतबार आइबारलाई ३–१ ले पराजित गर्यो । रियल एट्लेटिको म्याड्रिडसँगै समान २९ अंकमा रहेपनि गोल अन्तरका आधारमा दोश्रो स्थानमा रहेको छ । एट्लेटिकोले दुई खेल कम खेलेको छ ।

तीन खेल बढी खेलकेको रियल सोसिडाड २६ अंक सहित तेश्रो स्थानमा रहेको छ भिलारियाल (२५) चौथो र २१ अंक रहेको बार्सिलोना पाचौं स्थानमा रहेको छ ।

छैटौं मिनेटमा बेन्जेमाले सिजनको सातौं गोल गरेपछि रियलले अग्रता लिएको थियो । त्यसपछि उनले १३ आंै मिनेटमा लुका मोड्रिचको लागि गोलको अवसर बनाएका थिए । हाफ टाइम अघि कप्तान किके गार्सियाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै आइबारलाई खेलमा फर्काएका थिए ।

तर लुकास भास्केजले अतिरिक्त समयमा गोल गर्दै रियलको तीन अंक सुनिश्चित पारे । आइतबार नै भएका अन्य खेलमा सेल्टा भिगोले आलाभेसलाइ, ग्रानडाले रियल बेटिसलाई र गेटाफेले काडिजलाई समान २–० गोल अन्तरले पराजित गरेका थिए ।

Click to comment

Trending