Headline

खेल शुरु भएको ६ सेकेण्डमै गोल

Published

on

एसि मिलान फर्वार्ड राफेल लेओले इटालियन सिरी आ इतिहासकै सबैभन्दा छिटो गोल गर्ने किर्तिमान कायम गरेका छन् । लेओले सासुलोबिरुद्धको खेलमा ६ सेकेण्डमै गोल गरेका हुन् ।

पार्चुगिज युवा खेलाडी लेओले नयाँ किर्तिमान कायम गर्ने क्रममा पियासेन्जाका पाओलो पोगीको सबैभन्दा छिटो गोल गरेको किर्तिमान तोडेका हुन् । पोगीले २००१ मा फियोरेन्टिनाबिरुद्ध भएको खेलमा ८ सेकेण्डमै गोल गरेका थिए ।

आइतबार लेओले हाकान कालहानोग्लुको पासमा गोल गरेका थिए । खेलमा एसि मिलानका लागि २६ औं मिनेटमा एलेक्सिस सेलेमेकर्सले दोश्रो गोल गरेका थिए ।

Click to comment

Trending